Sunday, December 15, 2019
Home > प्रबास > नेपाली खेलाडी कोरियाको बिमानस्थलबाटै बेपत्ता

नेपाली खेलाडी कोरियाको बिमानस्थलबाटै बेपत्ता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दक्षिण कोरिया, ९ मंसिर।

नवौँ विश्वविद्यालय कराँते च्याम्पियनशिपका लागि नेपालको प्रतिनिधित्व गर्दै दक्षिण कोरिया उत्रीएका एक प्रतिनिधि ईन्छन अन्तर्राष्ट्रिय बिमानस्थलबाटै सम्पर्क बिहिन भएका छन्।

गत शनिबार नोभेमबर ७ का दिन कोरियाको 영주 / Yeongju मा आयोजना गरिएको नवौ विश्व विध्यालय च्यम्पियन्सिपमा नेपालको प्रतीनिधित्व गरि आउने सन्त बहादुर तामाङ ( बिजय लामा गुरु) उक्त कार्यक्रममा पनि भाग नलिई बिमानस्थलबाट नै सम्पर्क बिहिन भएका हुन्।

८ औ सागको गोल्ड मेडलिस्ट साथै हाल नेपाल खेलकुद परीषदको बहालवाला कर्मचारी ( कराँते कोच ) तामाङ्गको बारेमा कान्छा गुरुङ्गद्धारा प्रकाशित सुचनालाई गैर आवाशिय नेपाली महासंघ दक्षिण कोरियाको युवा संयोजक अरुण श्रेष्ठ (इपिएस छिन्गु)ले सार्बजानिक गरेका हुन्।

कान्छा गुरुङ्गको सुचनामा भनिएको छ, ” खेलाडीहरु भनेका राष्ट्रका गहना हुन । उहाँको यो कार्यले राष्ट्रको बेईज्जती हुनुका साथै भविस्यमा कोरियाको कराँते प्रोग्राममा नेपाली खेलाडीको लागि ढोका बन्द जस्तै गरि दिएको छ।”

सो सुचनामा थप उल्लेख गरिएको छ, “उहाँ कोरिया आउने बेलामा निमन्त्रणा पत्र साथै कानुनी जिम्मेवारी पत्र पठाईएको हुँदा अबैधानीक रुपमा जती दिन बस्नुहुन्छ उति दिनको जरिवाना मैले तिर्नु पर्ने हुन्छ । त्यसैले उहाँलाई नेपाल पठाउन सहयोग गरिदिनु हुन सम्पूर्ण कोरिया बासी नेपालीहरुमा हार्दिक अनुरोध गर्दछु । बिजय गुरु यहाँ जहाँ भएपनी मलाई अथबा कोरियन कराँते फेडेरेसनमा चाँडो भन्दा चाँडो सम्पर्कमा आउनको लागि अनुरोध गर्दछु ।”

(तस्बिरहरु : इपिएस छिन्गुको फेसबूक पेजबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *