Sunday, December 15, 2019
Home > प्रबास > अस्पताल गएका अमिन फर्किएनन्

अस्पताल गएका अमिन फर्किएनन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दक्षिण कोरिया, १० मंसिर।

रोजगार अनुमती प्रणाली मार्फत दक्षिण कोरियामा आई कार्यरत भोजपुर जिल्ला टेम्केमैयुङ्ग गाउँपालिका वडा नं. १ तिम्मा निबासी अमिन राईको दुखद निधन भएको छ।

फेसबूक मार्फत प्रत्यक्ष भिडियो प्रसारण गर्दै गत नोभेम्बर २३ को साँझ जन्मदिन मनाएका उनको नोभेम्बर २५ शनिबार अर्थात हिजो राती कोरिया स्थित एक अस्पतालमा निधन भएको बताईएको छ।

शनिबार दिनको १२ बजे (स्थानिय समय अनुसार) आफुलाई ज्वरो आएको कुरा फेसबूक स्टाटसमा राखेका उनको के कारणले निधन भयो भन्ने खुल्न नसके पनि न्यून रक्तचापका कारण हुनसक्ने बताईएको छ। कम्पनिमा काम गर्दा गर्दै अचानक रिंगटा चलेर ढलेपछी उनलाई उपचारका लागि तत्काल अस्पताल लगिएको थियो।

यहाँ स्थित विभिन्न नेपाली संघ संस्थाका कतिपय प्रतिनिधिहरु राती नै अस्पताल पुगेको तथा अहिले आवस्यक कानुनी प्रकृयाका लागि समन्बय भईरहेको बताईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *