Sunday, December 15, 2019
Home > गजल > गजल

गजल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अरुण आकाश

जन्मिएँ यहिँ माटोमा, प्राण हो मेरो हतुवागढी,
पाईला चाले यहिँको बाटोमा, ज्यान हो मेरो हतुवागढी।

सप्तकोशिको सुसाई सुन्दै दिमालुङ्ग र सङ्खामबाट,
एक बृक्षमा सय फूल फूल्ने, उद्यान हो मेरो हतुवागढी ।

गढी हेर्दै मुस्कुराउने हिमचुली ती उत्तरबाट,
तराई हेर्दै सुसेली हाल्ने, शान हो मेरो हतुवागढी ।

पहिचान,स्वाभिमान,आत्मसम्मान सबै पाएँ यहिँ बाट,
पबित्र प्यारो भुमी यो, निर्वाण हो मेरो हतुवागढी ।

हतुवागढी – १ भोजपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *