Home > समिक्षा > चियाका सुन्दर थुम्काहरुबिच हुर्किएका सुगन्धित फूल सुकराज दियाली

चियाका सुन्दर थुम्काहरुबिच हुर्किएका सुगन्धित फूल सुकराज दियाली

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुमित्रा थामी “अविरल “
सिहमारी , दार्जिलिङ

नागरी कमानमा चियाको थुम्काहरूबिच सानो गोरेटोमा बिहानीको सिरेटोमा लुगलुग काम्दै सिधा सोझो एउटा बालक हुर्किँदै थियो एउटा सेतो फूल बनेर । तर गाउँ घर , समाज अदृश्य थियो ती बालकको कला र उनको खुबीहरूसंग। सानैदेखि आफ्नो मातृभाषाको प्रेम सम्मान गराउन सफल बनेकी आमा स्व. दिलमाया खाती ( दियाली ) अनि बाबु श्रीमान् हर्क बहादुर दियालीको सुसंस्कारलाई हार्दिक नमन टक्राउन नै पर्छ । यसरी बाल्यकालदेखि नै आफ्नो घर आँगन , भिर कन्दरा , खोला चप्लेटी ढुंगाहरूसंग आफ्नो कलिलो भावहरू खिप्दै खोप्दै रमाउँदै लड्दै नेपाली साहित्य विधामा कक्ष नवौंमा हुँदा ‘नपढेको इनाम’ नाटक लेखी निर्देशन गरी मंञ्चित गर्न सफल बनेका युवाले दशौं श्रेणी अध्यनरत रहँदा नै कविता संग्रहको पाण्डुलिपि तयार पारे ।

साहित्यकार सुकराज दियाली

तर त्यसताक राङभाङ भेल्लीबाट भरत जैरू , हिरण प्रधान सक्रिय रूपमा खटिरहेका हुँदा त्यसै बेला भरत जैरूको सक्रियतामा सयुंक्त कविता संग्रह निकाल्ने निधो गरेपछि सन् १९८९ सालमा “मूनाहरू अनि फूलहरू” नामक कविता संगालो प्रकाशित गरियो । त्यस पश्चात दार्जिलिङ सरकारी महाविध्यालयमा उनले अर्को एउटा माहौल भेटाए , जसमा सञ्जय बान्तवा , सञ्जय बिष्ट , अभय खालिङ्ग , केवल चन्द्र लामा , सुधीर छेत्री, जय क्याक्टस , रेमिका थापा , स्व. विमल छेत्री ,अमर राई , विकास थुलुङ , शंकर मुखिया , इतबहादुर तामङ्ग , जस्ता सक्रिय वरिष्ट सर्जकहरूसित । मलाई लाग्छ त्यो एउटा परिवर्तनको छाल उठिरहेका युग हुनपर्छ । हो यसै छालबाट माथी उठेका नामहरूमा पर्छन श्रीमान् सुकराज दियाली।

बिशेष आज यो सबै कुरा भन्नु पर्दा सुकराज दियाली धेरै गाउँ समाज, संगठन, संस्थानबाट सम्मानित भईसकेका छन् । तर हाल छिमेकी राज्य सिक्किमबाट ठुला ठुला महत्वपुर्ण दुई सम्मानले सम्मानित बनेका छन । हाम्रो मन मष्तिस्कमा केही प्रश्नहरु अवश्य नै खट्किएका छन, कसरी यसै बर्ष सुकराज दियालीले यी सम्मानहरू पाएका होलान? यी सम्मान पाउनको लागी के कति समाजलाई योगदान गरेको हुन पर्छ ?हुन त हिज आज प्रत्येक सम्मानमा एउटा लवि लगाईएको हुन्छ भन्छन् तर मलाई लाग्छ कर्म नगरि फलको आशा पनि कसरी गर्न सकिन्छ र ? फेरी हामी नेपाली समाजमा त समयमा नै राम्रो कर्ममा डाढ थपथपाउनेको भन्दा खुट्टा तान्नेहरूकै नै जनसंख्या बेशी छ । त म यहाँ श्रीमान् सुकराज दियालीले हाम्रो नेपाली साहित्यमा दिएका पुस्तकहरूको नाम राख्न चाहन्छु ।
१. “बन्द गर्न नसकेका आँखाहरू” सयुंक्त कविता सङ्ग्रह – १९९०
२. “मुनाहरू अनि फूलहरू” संयुक्त कविता सङ्ग्रह -१९९०
३. “विभ्रान्ति ” कविता संग्रह – २००४
४. “चित्रण ” कविता संग्रह – २००९
५. “अनुहारमा भूगोल ” कविता संग्रह – २०१४
६. “गथासो ” गीति संग्रह – २०१५
७. “आकारभित्रका भावहरू ” समीक्षात्मक लेख संग्रह – २००६
८. “महानन्द पौड्याल उनका कृतिहरूमा ” शोधकृति संयुक्त लेखन – २००८
९. “समीकरण” समालोचना संग्रह – २०१३
१०. “समकालीन भारतीय नेपाली कविता : एक चर्चा” समालोचना संग्रह – २०१७
११. “अनमोल मोती” व्यक्तित्व / कृतित्व – २०१३
१२. “जागुनका हीरा पण्डित हीरा मिश्र” आदर्श पुरूषको जीवनवृत – २०१५
१३. “आकारो में अन्तर्भूक्तभाव” अनुवाद (राजेन्द्र ढकाल), हिन्दीमा – २०१४
१४. “चेहरा में भूगोल” अनुवाद (कृष्ण पी ठटाल) हिन्दी – २०१६
१५. “तेलनगरीका कविताहरू” एक अध्ययन – २०१७
१६. “काग र कालापानी” ( हिन्दीबाट नेपालीमा अनुवाद ) कथा संग्रह , साहित्य अकादमी नयाँ दिल्लीबाट अनुदित
१७. गणित ( सातौं श्रेणी , बंगला भाषाबाट नेपालीमा अनुवाद ) पाठ्य पुस्तक (पश्चिम बंङ्गाल माध्यमिक शिक्षा परिषदबाट अनुदित)

यसरी अझै छन उनका कृतिहरू जो मेरो हात लागेका छैनन । त पाठकहरू भन्नुहोस हामी कति कन्जुस बन्छौ बधाई दिनलाई ।

“तेलनगरीका कविताहरू” मा विज्ञहरूका मन्तव्य यस्ता छन्……
“सुकराज वरिष्ठ पनि हो , विद्वान पनि होइनन् तर बरिष्ठ र विद्वानहरूले भरिभराउ भएको हाम्रो साहित्यमा कुनै पनि विद्वानहरूले नभ्याउनु भएको काम चाहिँ सुकराजले विद्वानले जस्तै गरिदिएका छन् । नामलाई भन्दा कामलाई मान्यता दिने सुकराजको हात कतैकतै सुकरातका हातहरू जस्तै छन् । सत्य बोल्दा विष खुवाउने समाज सुकरातको समयको समय पनि थियो । सत्य लेख्दा ईख राख्ने समाज सुकराजको समयमा पनि छ , पछिसम्म रहिरहला ।”

डा. जीवन नामदुंग
दार्जिलिङ

यसरी नै प्रेम प्रधान ज्यु भन्नुहुन्छ, “भारतीय नेपाली साहित्यमा एक सशक्त युवा कविको रूपमा देखा परेको चर्चित नाम हो सुकराज दियाली । नेपाली भाषा- साहित्यप्रति प्रतिबद्ध रहेर तिनले धेरै सृजनात्मक कामहरू गरेका छन् । जसको उचित मूल्याङ्कन हुनु बाँकी नै छ ।”

यसरी नै स्व. लक्ष्मण श्रीमल ज्युले यसरी आफ्नो बिचार पोखेको पाउँछौ, ” हालमा यिनी राष्टिय चेतनाका कविताहरूका संगालो र एउटा छुट्टै प्रकारको समीक्षात्मक लेखहरूका पुस्तक प्रकाशित गर्ने जमर्कोमा लागि परेका यस्ता जाँगरिला साहित्यकारहरूबाट नै आज समाज र जातिको वर्चस्व रहन्छ भन्ने मलाई लागेको छ । आशा गर्छु श्री सुकराज दियाली भविष्यमा नेपाली साहित्यकाशका एक चम्किला नक्षत्र हुनेछन् ।”

यसरी मणिपुरका गौरव डा. गोमादेवी शर्माले यसरी आफ्नो भाव पोख्नु भएको छ, “कवि , गीतकार, कथाकारका रूपमा नेपाली साहित्य जगतमा प्रसिद्ध सुकराज दियाली एउटा कुशल समीक्षक पनि हुन्। उनलाई समालोचक नवीन पौड्याल प्रभावशाली व्याख्यात्मक ढाँचाका समालोचक मान्छन् ।”

यसरी नै वीरभद्र कार्कीढोली ज्युले आफ्नो दृष्टीकोणहरू यसरी पस्किनु हुन्छय “पुन : भारतीय नेपालीकै सन्दर्भमा , काव्यिक , समीक्षक समालोचकको अभाव बोध हुनथालेको समय कवि सुकराज दियालीलाई समालोचक , समीक्षकको रूपमा धेर पढ्न बुझ्न पाउँदैछौं । यस दिशामा सुकराजको अध्यन , विश्लेषण , मूल्याङ्कन धेरै दह्रो , गम्भीर गहकिलो थोक पाइरहेका छौं । अतः समालोचना क्षेत्रमा उनलाई भरपर्दो , विश्वसनीय समालोचकको रूपमा मान्न थालेको छ वर्तमानले ।”

मध्यमार्गका प्रधान सम्पादक खेम सापकोटा भन्नुहुन्छ, “आजको नेपाली साहित्य जगतमा एक स्थापित नाम हो सुकराज दियाली । यिनी कवि , निबन्धकार, कथाकार, समालोचक सबै श्रेणीमा गहनताको साथ कलम चलाउने लेखक हुन् । भारतीय मात्र नभएर विश्व नेपाली साहित्य जगतमा झण्डै २०/२५ वटा साहित्यिह कृति समर्पण गरिसकेका सुकराज दियाली पनि भारत र नेपालका साहित्यकारहरूको एउटा सेतु हुन् ।”

आज लाग्छ केवल श्रीमान् सुकराज दियाली मात्र सम्मानित नभएर उनिमाथि विश्वास आस्था राख्ने यी सम्पुर्ण प्रेरकहरू समाजका दर्पणहरू साथै विज्ञहरूका बिचार मात्र होइन स्रष्टामाथीको अध्यनले न्याय पाएका छन् यी सम्मानले अब हेरौ छिमेकी राज्यका कलमकारहरूले, साहित्य दर्पणहरूले उनको अथक योगदानहरूको कदर गरेर, सम्मान दिएर हामी दार्जिलिङ्गबासीले गर्वले छात्ती फुलाउने मौका दिई सकेका छन् । फेरी हालै अब हेरौ हाम्रो घर आँगनका आँखाहरूले उनको योगदानलाई कहिले लेखाजोखा गर्ने हो । समयको आँखाहरूमा छोडीदिएँ…

तथापी दाई सुकराजप्रति हार्दिक हार्दिक बधाई टक्राउँदै हजुरकै सुस्वस्थ्थ दिर्घायुको कामना राख्दैछु ।
अन्तमा उनको यो छोटकरीमा परिचय राख्ने प्रयास मात्र हो । आशा साँच्दछु भविष्यमा हजुरको जीवनी मेरो कलमले पुर्ण लेख्न पाऊँ भन्ने ।

(दार्जिलिङ्ग निबासी सुमित्रा अबिरल, नेपाली भाषा र साहित्यमा उत्कृष्ट कलम चलाउनुहुन्छ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: