Home > कला > लिला राईको स्वरमा “छलल छलछली” बोलको नयाँ पुर्बेली गित सार्बजानिक (भिडियो सहित)

लिला राईको स्वरमा “छलल छलछली” बोलको नयाँ पुर्बेली गित सार्बजानिक (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बेलायती सेनाबाट अवकाश प्राप्त क्याप्टेन ढुन्डिराज सुच्चा राईद्धारा लेखिएको छलल छलछली बग्दैछ छिर्लिङ्ग खोला तल-तल बोलको सुमधुर गित भर्खरै सार्वजानिक भएको छ।

पुर्बेली लय र भाकाहरुमा चुस्त स्वर सुनिने गायिका लिला राईको स्वर रहेको यो गितमा गितकारले आफ्ना पुराना सम्झनाहरुलाई ताजा बनाउनुभएको छ।

रामप्रसाद राई गाउँपालिका कटुञ्जेमा जन्मनुभएको क्याप्टेन राईले आफ्नो मावली गाउँ हतुवागढीको सिन्द्राङ्ग र आसपासका स्थानहरुमा बितेका सम्झनाहरुलाई शब्दमा उन्नुभएको छ।

छिर्लिङ्ग खोला (हतुवागढी गाउँपालिका र आम्चोक गाउँपालिकाको सिमाना), दुधकोशी नदि, छोकुभेन अवतारी, हतुवागढी, दिमालुङ्ग, शयबृक्ष (एउटै रुखमा शय थरी बनस्पती भएको), संखामचुली, जोर आहाल, रानिबास जस्ता ठाउँहरुको आफ्नै ईतिहास भएको भन्दै यी ठाउँहरुसंग आफ्नो प्रगाढता रहेको भावना ब्यक्त गर्नुभएको छ।

स्टुडियो किङ्गमा शुरेश राईले रेकर्ड गर्नुभएको यस गितको संगित तथा संगित संयोजन मनोज साङ्सोनले गर्नुभएको हो। गितको भिडियो अवधारणा गितकारको आफ्नै अवधारणा अनुसार बनाईएको भिडियोलाई ज्ञानु राईले खिच्नुभएको हो भने जस्केलो कृयशनले तयार गरेको हो । भिडियो Narration मा शुरेश राईको स्वर रहेको छ।

आफुलाई कटुञ्जेली माईला भन्न रुचाउनुहुने रिटायर्ड क्याप्टेन राईको ससुराली समेत सिन्द्राङ्ग नै हो।

One thought on “लिला राईको स्वरमा “छलल छलछली” बोलको नयाँ पुर्बेली गित सार्बजानिक (भिडियो सहित)

  1. भाैगाेलिक परिचयसहितकाे , रैथाने संयाेजनमा गरिएकाे रचनामा ..लिला राइज्युकाे लाेभैलाग्दाे अावजमा खिपिएकाे याे , मेराे प्याराे अाेखल ढुङगापछिकाेे दाेस्राे गीत हाे , जस्ले मेराे मनलाई छाेएकाे छ , रचनाकार अादरणीय दाजु क्याप्टेन ढुण्डिराज सुच्चा राई ज्युलाई हार्दिक बधाई छ , सेवाराे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: