Home > अन्तर्राष्ट्रिय समाचार > कसरी शुरु भयो अष्ट्रेलियामा भिषण डँढेलो?

कसरी शुरु भयो अष्ट्रेलियामा भिषण डँढेलो?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अष्ट्रेलियाको जंगलमा बिगत तीन महिनादेखी निरन्तर चलिरहेको डँढेलो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। पचास करोड भन्दा बढी जंगली जनावर, पशुपंछी लगायतका प्राणिहरु हताहत भईसकेका छन भने शयौँ मानिसहरु आगलागिमा परेको बताईन्छ।

अहिलेसम्म दुई शय भन्दा बढी ठुला डँढेलो चलिरहेको अष्ट्रेलियामा अहिलेसम्म ५,४०० हेक्टर भन्दा बढि जंगल खरानी भईसकेको बताईन्छ। लगभग ४०० भन्दा बढी घरहरु नष्ट भईसकेका छन भने हजारौँ मानिसहरु घरबार बिहिन बनेका छन्। उल्लेखित तथ्याङ्कले सिंगो प्राणी जगत र पारिस्थितिक प्रणाली नै संकटमा पर्न सक्ने बताईएको छ। उक्त डँढेलोको उद्गम भनिएको अष्ट्रेलियाको न्यू साउथ वेल्समा छुट्टै नयाँ मौसमी प्रणालिको बिकास भएको दाबी समेत गरिएको छ।

कसरी शुरु भयो डँढेलो?

metro.co.uk को अनलाईन संस्करणका अनुसार अष्ट्रेलियाको न्यू साउथ वेल्सका एक ५१ बर्षिय गेभिन जेम्स गार्ड्नर नामक किसानले आफ्नो भाङ् खेतिलाई बिस्तार गर्न तथा जंगली जनावरहरुबाट जोगाउनका लागि डँढेलो सल्काएका थिए। उनी भाङ् खेतिबाट मनग्ये आम्दानी गर्न चाहन्थे तर उनलाई थाहा थिएन यसले यति बिकराल रुप लिनेछ। उनलाई अष्ट्रेलियन प्रहरिले नोभेम्बर १५ मा गिरफ्तार गरेको थियो।

विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचार तथा चित्र/दृष्य समाचारहरुमा जंगली जनावरहरुको कहाली लाग्दो अवस्था देखिन्छ। विशेष गरि दुर्लभ मानिने कोअला नामक जंगली जनावर (जसको मुख्य बसोबास भुमी अष्ट्रेलिया मानिन्छ) हरु ८,००० भन्दा बढी डढेलोमा मरेको बताईएको छ। सयौँको झुण्डमा कंगारुहरु आगोको मुस्लोबाट बँच्न भागिरहेका दृष्यहरु भेटिन्छन् भने हजारौँको संख्यामा घाईते जनावरहरुलाई उद्दार र उपचार गरिँदै गरेको बताईन्छ।

डँढेलोबाट एक हजार माईल भन्दा टाढा रहेका बस्तिहरुमा समेत डँढेलोको धुँवा/गन्ध थाहा पाईन थालिएको यो बिनासकारी डँढेलोबाट निस्किएको धुँवाको मुस्लो टाढाबाट हेर्दा हिमनदी जस्तै देखिईरहेका छन् भने धुँवाबाट उत्पादित प्रदुषण तथा उच्च तापक्रमका कारण हिमनदिहरु पग्लने उच्च जोखिम रहेको बताईन्छ।

metro.co.uk का अनुसार अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसन सरकारले डँढेलो नियन्त्रणका लागि खटिने अग्नि नियन्त्रकहरुलाई पर्याप्त साधन उपलब्ध गराउन नसकेकोले आगलागी नियन्त्रण हुन नसकेको भन्दै आलोचना गर्ने गरिएको छ। उता सरकारले भने आगलागी प्राकृतिक बिपत्ती भएको तथा यो कुनै जलाबायू परिबर्तनको असर वा अष्ट्रेलियाले उत्पादन गरिरहेको कोईला तथा भुमिगत तेलको कारण नभएको दाबी गरिरहेको छ।

मौसमबिदहरुले यसै हप्ताभित्र पानी पर्ने सम्भावना भएको बताएपछी अष्ट्रेलियाको चारैतर्फ दन्किरहेको आगो आगामी केही दिनमा नियन्त्रण हुन सक्ने आँकलन गरिएको छ।

(तस्विरहरु : metro.co.uk)

Leave a Reply

Your email address will not be published. Required fields are marked *