Home > कला > बान्तावा भाषाको गित “अङ्का पिखुवा लिसाङ्ग” को भिडियो सार्वजानिक

बान्तावा भाषाको गित “अङ्का पिखुवा लिसाङ्ग” को भिडियो सार्वजानिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बान्तावा भाषाको मासिक पत्रीका बुङ्वाखा का सम्पादक पदम राईको शब्द रचना रहेको “अङ्का पिखुवा लिसाङ्ग” अर्थात म पिखुवा हुँ बोलको बान्तावा गितको भिडियो भर्खरै सार्वजानिक भएको छ।

मनोज साङ्सोनको संगित तथा बिष्णु अधिकारिको संगित संयोजनमा दुई बर्ष अगाडि ओपेरा डिजिटल रेकर्डिङ्ग स्टुडियिमा अडियो रेकर्ड गरिएको यो गितमा लिला राईको स्वर रहेको छ। प्रेमभावमा आधारित शब्द संयोजन रहेको गितमा किराँती मिथकहरुमा आउने विभिन्न ठाउँहरुको सम्झना गरिएको छ। गजेन्द्र राईले निर्माण गरेको भिडियोमा गितको शब्द अनुसारकै ठाउंँहरुमा पुगेर राज बान्तावाले छायाङ्कन गरेका छन् भने साङ्केन राई र रिजन राईले अभिनय गरेका छन्। राज बान्तावा कै निर्देशनमा बनेको भिडियो स्टुडियो किङ्गको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ।

बिगत १५ बर्षदेखी निरन्तर बान्तावा भाषामा प्रकाशन भईरहेको बुङ्वाखाको सम्पादक तथा गितकार राईका बान्तावा भाषासंग सम्बन्धित विभिन्न पुस्तकहरु समेत प्रकाशित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: