असम, १६ जनवरी । लिम्बू महासभा असमले लखि खापुङलाई सभापति निर्वाचित गर्दै पाँचौ त्रिकोणीय सम्मेलन सम्पन्न गरेको छ । जनवरी १२ र १३ मा असमको विश्वनाथ चाराली जिल्लामा सम्मेलन सम्पन्न भएको हो । लखि यस अघि शोणितपुर जिल्लाका सभापति थिए ।
त्यसैगरी महासभाको कार्यकारी सभापति विष्णु इजम (सदिया जिल्ला), उपाध्यक्षहरू खामबहादुर खिम्दिङ (तीनसुकिया), रिवाज निङ्लेखु (शोणितपुर जिल्ला), बसन्त तुम्बाहाम्फे (नगौव), गणेश ताम्लिङ (लखिनपुर), कर्णकान्त मावो (कार्विअङ्लङ) लाई चयन गरेको छ ।