Home > स्थानीय समाचार > घोडेटारमा सडक सुधार तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

घोडेटारमा सडक सुधार तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रबिन थापा “बगाले”

हतुवागढी-भोजपुर, ६ माघ। सडक सुधार सम्बन्धी चालक तथा सहचालकलाई जिम्मेवार बनाउनका लागि ट्राफिक नियम बिषयक सचेतनामुलक कार्यक्रम हिजो माघ ५ गते हतुवागढी गाउँपालिकाको सभाहल घोडेटारमा सम्पन्न भएको छ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरको आयोजना तथा जिल्ला प्रहरी कार्यालय भोजपुरको संयोजनमा सञ्चालित कार्यक्रममा सवारी चालक, सह-चालक, सवारी धनी, गाउँपालिका पदाधिकारी, बजारबासिहरुको सहभागिता रहेको थियो।

प्रहरी निरिक्षक जसबहादुर लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रहरी सहायक निरिक्षक प्रेमकुमार शाहले ट्राफिक नियम र दुर्घटना सम्बन्धी बिषयहरुलाई प्रष्ट पार्नुभएको थियो। प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईले सडक दुर्घट्ना न्युनिकरणका लागि सबै पक्ष सजग भएर लाग्नुपर्ने बताउँदै गाउँपालिका आफ्नो हैसियतमा जिम्मेवार भएर लाग्ने जानकारी गराउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: