Sunday, April 5, 2020
Home > प्रमुख > ललिता निवास प्रकरणमा पुर्व उप-प्रधानमन्त्री बिजय गच्छदार सहित १७५ जना बिरुद्ध अख्तियारद्धारा मुद्धा दायर (सुचि सहित)

ललिता निवास प्रकरणमा पुर्व उप-प्रधानमन्त्री बिजय गच्छदार सहित १७५ जना बिरुद्ध अख्तियारद्धारा मुद्धा दायर (सुचि सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ, २३ माघ। बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रका सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा तत्कालीन उप-प्रधानमन्त्री सहित ३ मन्त्री, ६ विशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारीहरू र अन्य व्यक्तिहरू समेत गरी जम्मा १७५ जना उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा आरोपपत्र दायर गरिएको छ। विशेष अदालत काठमाडौमा मुद्धा दायर गरेको आयोगले सो कुरा हिजो माघ २२ गते साँझ एक प्रेस बिज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो।

अख्तियारद्धारा जारी बिज्ञप्तिमा भनिएको छ। “ब्यबस्थापिका संसद अन्तर्गतको सुशासन तथा अनुगमन समितिको च.नं. ११४/०७३/०७४  मिति २०७४/०१/२४ को पत्रसाथ लेखि आएको र आयोगमा उ.द.नं. ६५५७ ‘क’ मिति २०७४।०१।२८ मा दर्ता भएको, साविक हाँडिगाउँ मौजा हा.नं. ४५६ भिड्ने ललिता निवास क्याम्पभित्रको सरकारले मुआब्जा समेत दिई अधिग्रहण गरेर लिएको २९९-९-२-० रोपनी सरकारी, सार्वजनिक र गुठी समेतका जग्गाहरु जफत भएको भनी मालपोत कार्यालय, काठमाण्डौ, डिल्लीबजारका कर्मचारीहरु समेतको मिलेमतोमा विभिन्न मितिमा गैह्र कानूनी तरिकाले व्यक्ति विशेषलाई जग्गाधनी र मोही कायम गरेर फिर्ता दिई भ्रष्टाचार गरेकोले छानबिन गरी दोषीलाई कारबाही गरिपाऊँ भन्ने समेत व्यहोराको उजुरी निवेदन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍‍को कार्यालयबाट शारदा प्रसाद त्रिताल संयोजक रहेको “सरकारी, सार्वजनिक, गुठी  र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएको जग्गाहरुको हिनामिना सम्बन्धी छानबिन समितिको समितिको प्रतिवेदन,२०७५” ले गरेको सिफारिस बमोजिम आयोगबाट आवश्यक अनुसन्धान गर्नको लागि लेखि आएको पत्रलाई उजुरीको रुपमा दर्ता गरिएको साथै विभिन्न व्यक्ति तथा संस्थाहरुको नामबाट ललिता निवासभित्रको सरकारी जग्गा हिनामिना भएको विषयमा छानविन गरिपाऊँ भनी विभिन्न मितिमा आयोगमा दर्ता गराएका उजुरी निवेदनहरु प्राप्त भएकोमा यसभन्दा अगाडि पनि यसै विषयमा आयोगमा उजुरी दर्ता भई अनुसन्धान पश्चात् तत्कालीन अवस्थामा आयोगको मिति २०६०।०३।१८ को निर्णयानुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा (१२) बमोजिम तामेलीमा राखेको देखिएकोमा हाल दर्ता हुन आएका विभिन्न निवेदनहरु र छानबिन समितिको प्रतिवेदन साथ सरकारले तत्कालीन अवस्थामा जग्गा प्राप्ति ऐन, २०१८ मुताविकका सम्पूर्ण प्रक्रियाहरु पूरा गरी काठमाण्डौ उपत्यकाभित्रका ललिता निवास लगायत विभिन्न ६ वटा घर दरबारहरु र तिनले चर्चेको कम्पाउण्ड भित्रका घर जग्गाहरु सम्बन्धित जग्गाधनीहरुलाई कानून बमोजिमको क्षतिपूर्ति समेत दिई आवश्यक कानूनी प्रक्रिया पूरा गरेर मिति २०२२।०२।२४ मा सरकारीकरण गरेको खुल्ने मिति २०२१।०८।१७ मा प्रकाशित नेपाल गजेट, अधिग्रहण गरिएको घर जग्गाको क्षतिपूर्ति दिने सूचना, क्षतिपूर्ति बुझ्न आउने जनाउ समेतका सूचना प्रकाशित भएका मिति २०२३।०७।०७ र मिति २०२५।१०।०८ का गोरखापत्र दैनिकका प्रमाणित फोटोकपीहरु लगायतका थप प्रमाण सहित उजुरी प्राप्त हुन आएकोले सो सम्बन्धमा अनुसन्धान हुँदा प्रस्तुत उजुरीको अनुसन्धानसँग सम्बन्धित रहेको काठमाण्डौ बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको जग्गा नेपाल सरकारद्वारा जग्गा अधिग्रहण गर्ने बारेको मिति २०२१।०८।१७ को राजपत्रमा प्रकाशित सूचनाको छैठौ बुँदामा परेको देखियो।”

उपरोक्त जग्गाको बिषयमा विभिन्न समयमा जोडिएका तपशिल बमोजिमका ब्यक्तिहरुलाई अख्तियारले मुद्धा दायर गरेको हो।

सरकारी कर्मचारी र पदाधिकारीहरु
१. विजयकुमार गच्छदार, उप-प्रधानमन्त्री तथा मन्त्री, बिगो रु. ९,६५,७६,०००।-
२. डम्बर श्रेष्ठ, मन्त्री, बिगो रु. ९,६५,७६,०००।-
३. चन्द्रदेव जोशी, मन्त्री, बिगो रु. ७,०८,४८,०००।-
४. दीप बस्न्यात, सचिव, बिगो रु. ९,६५,७६,०००।-
५. छविराज पन्त, सचिव, बिगो रु. ९,६५,७६,०००।-
६. दिनेशहरि अधिकारी, सचिव, बिगो रु. ७,०८,४८,०००।-
७. तेजराज पाण्डे, सह-सचिव, बिगो रु. ७,०८,४८,०००।-
८. जीतबहादुर थापा, सह-सचिव, बिगो रु. ९,६५,७६,०००।-
९. हुपेन्द्रमणि केसी, उप-सचिव, बिगो रु. ३०,३९,९६,०००।-
१०. विनोदकुमार गौतम, उप-सचिव, बिगो रु. ९,६५,७६,०००।-
११. लक्ष्मीनारायण उप्रेती, उप-सचिव, बिगो रु. ७,०८,४८,०००।-
१२. कलाधर देउजा, प्रमुख मालपोत अधिकृत, बिगो रु. २,२६,८५,५००।-
१३. मुकुन्दप्रसाद आचार्य, भूमिसुधार महानिर्देशक, बिगो रु. ७५,१०,०००।-
१४. सुरेन्द्रमान कपाली, मालपोत अधिकृत, बिगो रु. २,२६,८५,५००।-
१५. धर्मप्रसाद गौतम, शाखा अधिकृत, बिगो रु. ७८,२४,२००।-
१६. जगतप्रसाद पुडासैनी, नायब सुब्बा, बिगो रु. २,२६,८५,५००।-
१७. युक्तप्रसाद श्रेष्ठ, खरिदार, बिगो रु. २,२९,५७,४००।-
१८. रुद्रकुमार श्रेष्ठ, महानिर्देशक, बिगो रु. १३,२३,७२,०००।-
१९. पुष्पराज उपाध्याय, निर्देशक, बिगो रु. १३,२३,७२,०००।-
२०. इन्द्रप्रसाद ढुंगाना, शाखा अधिकृत, बिगो रु. १३,२३,७२,०००।-
२१. टिकाराम घिमिरे, प्रमुख मालपोत अधिकृत, बिगो रु. १३,६५,७२,०००।-
२२. टिकाबहादुर बिसी, नायब सुब्बा, बिगो रु. १३,२३,७२,०००।-
२३. जीवनाथ पोखरेल, खरिदार, बिगो रु. १३,२३,७२,०००।-
२४. अर्जुन भण्डारी, नायब सुब्बा, बिगो रु. १३,२३,७२,०००।-
२५. मोहम्मद साबिर हुसैन, नापी अधिकृत, बिगो रु. ४२,००,०००।-
२६. श्रीहरि पुडासैनी, नायब सुब्बा, बिगो रु. ४२,००,०००।-
२७. श्यामकुमार क्षेत्री, खरिदार, बिगो रु. ४२,००,०००।-
२८. हरिकृष्ण तिम्सिना, मालपोत अधिकृत, बिगो रु. ३२,१९,२०,०००।-
२९. परशुराम पोखरेल, मालपोत अधिकृत, बिगो रु. ३२,१९,२०,०००।-
३०. कृष्णप्रसाद पौडेल, शाखा अधिकृत, बिगो रु. ३२,१९,२०,०००।-
३१. प्रकाश नारायण भट्ट, नायब सुब्बा, बिगो रु. ३२,१९,२०,०००।-
३२. टंकनाथ पौडेल, नायब सुब्बा, बिगो रु. ३२,१९,२०,०००।-
३३. प्रेमबहादुर खापुङ्ग, प्रमुख मालपोत अधिकृत, बिगो रु. ९,६५,७६,०००।-
३४. अर्जुन खतिवडा, नायब सुब्बा, बिगो रु. ९,६५,७६,०००।-
३५. शंकरप्रसाद सुवेदी, भूमिसुधार अधिकारी, बिगो रु. ९,६५,७६,०००।-
३६. अंगर सिग्देल, नायब सुब्बा, बिगो रु. ९,६५,७६,०००।-
३७. केदारप्रसाद श्रेष्ठ, नायब सुब्बा, बिगो रु. ९,६५,७६,०००।-
३८. कमल घिमिरे, नापी अधिकृत, बिगो रु. ३२,१९,२०,०००।-
३९. देवबहादुर लामिछाने, सर्भेक्षक, बिगो रु. ३२,१९,२०,०००।-
४०. भरतचन्द्र अर्याल, अमिन, बिगो रु. ३२,१९,२०,०००।-
४१. जनकबहादुर भण्डारी, नापी अधिकृत, बिगो रु. ९,६५,७६,०००।-
४२. राजेन्द्रमान श्रेष्ठ, इञ्जिनियर, बिगो रु. ९,६५,७६,०००।-
४३. बालकृष्ण श्रेष्ठ, सिनियर डिभिजन इञ्जिनियर, बिगो रु. ९,६५,७६,०००।-
४४. सुरोजराज राजकणिर्कार, सुपरिटेण्डेण्ट इञ्जिनियर, बिगो रु. ९,६५,७६,०००।-
४५. अशोकनाथ उप्रेती, महानिर्देशक, शहरी विकास, बिगो रु. ९,६५,७६,०००।-
४६. हरिबोल आचार्य, मुख्य अधिकृत, बिगो रु. ७,०८,४८,०००।-
४७. रामेश्वर विडारी, वरिष्ठ सहायक, बिगो रु. ७,०८,४८,०००।-
४८. सेमन्तराज चापागाइँ, गुठी प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
४९. तुलसी पोखरेल, सहायक प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
५०. हेमराज सुवेदी, सह-प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
५१. हरिप्रसाद जोशी, उप-प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
५२. बलिरामप्रसाद तेली, गुठी प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
५३. दिलिपकुमार भट्ट, का.मु. गुठी प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
५४. नवराज पौडेल, सहायक, बिगो रु. ७,०८,४८,०००।-
५५. शैलेन्द्र पौडेल, सहायक प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
५६. जयप्रसाद रेग्मी, उप-प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
५७. फणिन्द्रप्रसाद दाहाल, नायब सुब्बा, बिगो रु. ७,०८,४८,०००।-
५८. मणिकुमार राना, नायब सुब्बा, बिगो रु. ७,०८,४८,०००।-
५९. बद्रीबहादुर कार्की, शाखा अधिकृत, बिगो रु. ७,०८,४८,०००।-
६०. दिनेेेशहरि अधिकारी, मालपोत अधिकृत, बिगो रु. ७,०८,४८,०००।-

जग्गा धनी र मोहीहरु

६१. रुक्म शम्शेर जबरा, बिगो रु. ८,२७,८२,०००।-
६२. हाटक शम्शेर जबरा, बिगो रु. १,३५,२२,०५०।-
६३. हेमन शम्शेर जबरा, बिगो रु. १,३५,२२,०५०।-
६४. सुनिती राणा, बिगो रु. ८,६९,८२,०००।-
६५. शैलजा राणा, बिगो रु. ९,६३,०४,०५०।-
६६. हेमाद्री शम्शेर जबरा, बिगो रु. ४२,००,०००।-
६७. बिलबहादुर महर्जन, बिगो रु. ३,००,०००।-
६८. हर्ष महर्जन, बिगो रु. ४४,८०,०००।-
६९. डीएल डेभलपर्स प्रा.लि., बिगो रु. ५,४४,००,०००।-
७०. माधवी सुवेदी, बिगो रु. ९१,२०,०००।-
७१. उमाकुमारी ढकाल्नी, बिगो रु. ९१,२०,०००।-
७२. श्रीकृष्ण महर्जन, बिगो रु. १,९०,४०,०००।-
७३. चमेली श्रेष्ठ, बिगो रु. ३,२८,००,०००।-
७४. कान्छा महर्जन, बिगो रु. ५२,८०,०००।-
७५. देवनारायण महर्जन, बिगो रु. २,९७,६०,०००।-
७६. तीर्थमाया महर्जन, बिगो रु. ६७,२०,०००।-
७७. रेना गुरुङ्ग, बिगो रु. २,२७,२०,०००।-
७८. बाबुराजा महर्जन, बिगो रु. ३,४४,००,०००।-
७९. मचानानी महर्जना, बिगो रु. १,५५,२०,०००।-
८०. ग्वाराभाइ महर्जन, बिगो रु. १,८८,८०,०००।-
८१. द्वारिकामान महर्जन, बिगो रु. ३,५८,७२,०००।-
८२. रजनी पनेरु, बिगो रु. ४०,००,०००।-
८३. बाबा कार्की, बिगो रु. ३,२८,००,०००।-
८४. अगम ढुंगाना, बिगो रु. ३,२८,००,०००।-
८५. खेमलाल खरेल, बिगो रु. ३,२८,००,०००।-
८६. मिनबहादुर गुरुङ, भाटभटेनी, बिगो रु. ११,२०,००,०००।-
८७. लक्ष्मी ढकाल, बिगो रु. ३,२८,००,०००।-
८८. तीर्थमाया महर्जन, बिगो रु. ३,९०,४०,०००।-
८९. देवरानायण महर्जन, बिगो रु. ३,०६,७२,०००।-
९०. मोहन महर्जन, बिगो रु. २,६२,०८,०००।-
९१. सञ्जयकुमार महर्जन, बिगो रु. २७,३६,०००।-
९२. सकुलानन्द महर्जन, बिगो रु. २७,३६,०००।-

सरकारी जग्गा कमिसनमा लिनेहरु

९३. शोभाकान्त ढकाल, बिगो रु. ३९,२७,६८,०००।-
९४. रामकुमार सुवेदी, बिगो रु. ५२,५१,४०,०००।-
९५. मिनबहादुर गुरुङ, बिगो रु. ३९,२७,६८,०००।-
९६. इन्द्रबहादुर थापा क्षेत्री, बिगो रु. ६,२३,५००।-
९७. शान्ति मल्ल प्रधानाङ्ग, बिगो रु. ६,२३,५००।-
९८. मिठुदेवी चापागाईँ, बिगो रु. ६,२३,५००।-
९९. सरस्वतीकुमारी श्रेष्ठ, बिगो रु. ६,२३,५००।-
१००. निर्मलादेवी श्रेष्ठ, बिगो रु. २,७१,९००।-
१०१. मोहनप्रसाद भट्टराई, बिगो रु. ४,६४,२००।-
१०२. बैकुण्ठ शर्मा रेग्मी, बिगो रु. १,५०,०००।-
१०३. खिमादेवी आङबुहाङ, बिगो रु. २,८६,०००।-
१०४. शशिकला सुब्बा, बिगो रु. १,७८,२००।-
१०५. विद्या पौडेल गौतम, बिगो रु. १,३१,३००।-
१०६. सोदा कुमारी चापागाईं, बिगो रु. ९३,७५०।-
१०७. भुवन कुमारी चापागाईं, बिगो रु. ७,५९,४००।-
१०८. उर्मिला शाह, बिगो रु. २,८६,०००।-
१०९. रामनाथ घिमिरे, बिगो रु. १,७८,२००।-
११०. रामकल्याण अधिकारी, बिगो रु. ७,५९,४००।-

जग्गा जफत माग गरिएका जग्गाधनीहरु

१११. कल्पना तुलाधर,
११२. शर्मिला शाक्य,
११३. प्रगति कंसकार,
११४. गैरआवासीय नेपाली संघ,
११५. कामना गुरुङ,
११६. कल्याण गुरुङ,
११७. सजनकुमार चाचान,
११८. देवांन्क्षी गोयल,
११९. सरस्वती घले गुरुङ,
१२०. सरला घले,
१२१. मनोजकुमार केडिया,
१२२. मनोजकुमार गौतम,
१२३. मन्ती गोर्खाली,
१२४. निर्मलादेवी गोयल,
१२५. निकिता तुलाधर,
१२६. अमिताम्भ तुलाधर,
१२७. उमा प्रसाईं,
१२८. युरिशोभा तुलाधर,
१२९. रेणुका बज्राचार्य,
१३०. सुविस्ता तुलाधर,
१३१. अञ्जना तुलाधर,
१३२. चन्द्रिका कंसाकार,
१३३. सानुछोरी बज्राचार्य,
१३४. सिपिका खेतान,
१३५. सुष्मा बज्राचार्य,
१३६. सन्ध्या शाक्य,
१३७. संगिता राखेचा,
१३८. नुतन श्रेष्ठ,
१३९. धर्मशोभा शाक्य,
१४०. डिम्पल वंशल,
१४१. सरिता मानन्धर,
१४२. गीता गौतम,
१४३. नितु गुरुङ,
१४४. रीता ओझा,
१४५. रत्नहिरा बज्राचार्य,
१४६. प्रतिमा वैद्य प्रधान,
१४७. प्रविण ताम्रकार,
१४८. विजय ताम्राकार,
१४९. माया शेर्पा,
१५०. महेशराजा तुलाधर,
१५१. द्वारिकादेवी श्रेष्ठ,
१५२. इन्द्रदेव गुरुङ,
१५३. इन्दु शर्मा,
१५४. सन्दिप ढकाल,
१५५. भवानी जोशी,
१५६. भारती पाण्डे,
१५७. विवेककुमार सुवेदी,
१५८. केशव तुलाधर,
१५९. अनिता देवी कंसाकार,
१६०. ओमः विरमान ताम्रकार,
१६१. अनिलमान ताम्रकार,
१६२. गोविन्दलाल संघाई,
१६३. गायत्री श्रेष्ठ,
१६४. सानुकान्छा भन्ने पञ्च नारायण महर्जन,
१६५. राधा सिग्देल आचार्य,
१६६. मचाबाबु प्रजापति,
१६७. रुपेसकुमार सुवेदी,
१६८. सरोज ढकाल,
१६९. पहलमान गुरुङ,
१७०. पुरुषोत्तम पौडेल,
१७१. प्रमोद शेरचन,
१७२. कनक हर्बल,
१७३. च्युतराज श्रेष्ठ,
१७४. विजेन्द्र जोशी,
१७५. द्वीलक्ष्मी श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *