Home > अन्तर्राष्ट्रिय समाचार > कोरोना भाईरसको बारेमा अग्रिम चेतावनी दिने चिनियाँ डाक्टरको निधन

कोरोना भाईरसको बारेमा अग्रिम चेतावनी दिने चिनियाँ डाक्टरको निधन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । चीनमा कोरोना भाइरसको संक्रमण हुँदैछ भनेर सुरुमै संकेत दिने एकजना चिकित्सकको अन्ततः सोही रोगको संक्रमणका कारण निधन भएको छ । उनको निधनको पुष्टि विश्व स्वास्थ्य संगठनले बिहिबार गरेको हो । 

ली वेनलिङ नाम गरेका ती डाक्टरले चीनमा कोरोना भाइरसको संक्रमण भित्रिन सक्ने चेतावनी डिसेम्बर महिनातिरै दिएका थिए । उनले त्यस्तो चेतावनी दिएपछि अनावश्यक हल्ला फैलाएको भन्दै उनलाई तत्काल प्रहरीले पक्राउ गरेको थियो । 

त्यसबेला उनी आफैं कोरोना भाइरसबाट संक्रमित भएका र डिसेम्बर ३० मा उनले आफ्ना विद्यार्थीहरु र चिकित्सकहरूलाई चेतावनी दिँदै केही बिरामीमा सार्स जस्तो भाइरसको लक्षण देखा परेको संकेत दिएका थिए । तर उनको सोही रोगका कारण दुःखद निधन भएको छ । बिहीबार विश्व स्वास्थ्य संगठन (WHO) ले पत्रकार सम्मेलन गरी उनको मृत्यु भएको पुष्टि गरेको हो । पत्रकार सम्मेलनमा संगठनका अधिकारीहरुले भने, ‘हामी डा. ली वेनलिङलाई गुमाएकोमा धेरै दुःखी छौं ।’ 

ली वेनलिङले त्यसबेला निजी मेडिकल कलेजका सहकर्मी चिकित्सक र विद्यार्थीहरूसँगको कुराकानीको क्रममा कोरोना भाइरसको संक्रमणका बारेमा निकै चिन्ता व्यक्त गरेका थिए । उनको सो दाबीलाई बेवास्ता गर्दै अधिकारीहरूले उनलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

बीबीसीका अनुसार ३४ वर्षीय ली चीनको वुहान केन्द्रीय अस्पतालका नेत्र रोग विशेषज्ञ थिए ।  डिसेम्बरको अन्त्यमा उनले मेडिकल कलेजका ग्राजुयट छात्रछात्राहरुसँको निजी कुराकानीमा त्यस्तो कुराकानी गरेपछि  उनलाई भेट्न आउनेहरुको भीड समेत पातलिन थालेको थियो । त्यसपछि प्रहरी अधिकारीहरूले उनलाई सार्वजनिक सुरक्षा ब्यूरोमा उपस्थित हुन भन्दै बोलाएका थिए।
त्यहाँ उनलाई बाध्यताबस त्यस्तो कुरा नगरेको भन्ने बेहोरा सहितको एउटा कथित पत्रमा हस्ताक्षर गर्न बाध्य पारिएको थियो, जसमा उनले जानी जानी कोरोना भाइरसको बारेमा गलत टिप्पणी गर्नु परेको थियो । तर जब कोरोनाले चीनमा महामारीको रुप लिन थाल्यो त्यसपछि उनलाई त्यस्तो गर्न बाध्य पार्ने अधिकारीहरूले पछि माफी मागेका थिए ।

पक्राउ परेका बेला उनलाई खोकी र ज्वरोको संक्रमण देखिएको थियो । त्यसको केही दिनपछि उनलाई अस्पतालमा लगिएको थियो । ३० जनवरीमा लिको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उनको फेब्रुअरी ६ का दिन मृत्यु भएको खबर विभिन्न सामाजिक सञ्जाल र चीनका स्वास्थ्य ब्लगहरुमा प्रसारित भइरहको छ । मानिसहरूलाई सही समयमा सचेत गराउने काम गरेको भन्दै बिगत केहि दिनदेखि चिनियाँ सोशल मिडियाले उनलाई ‘नायक’ का रुपमा प्रचार गर्दै आएको थियो ।

यद्यपि, यो पुष्टि भैसकेको छैन कि लीमा अन्य कुनै अन्तरनिहित स्वास्थ्य जटिलताहरू थिए, जसले उनको रोगको गम्भीरतालाई असर गरेको हुनसक्छ । तर उनको मृत्युको बारेमा आशंका रहेको भन्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुले समाचार प्रसारण गरेका छन् ।
नोबल कोरोना भाइरसबाट संक्रमण हुने बिरामिहरु विश्वव्यापी रुपमा २८,००० भन्दा बढी देखिएका छन् भने अहिलेसम्म ५६३ जनाको मृत्यु भइसकेको बताईएकोछ । 

(स्रोत : विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सिहरु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: