Home > प्रबास > किरात राई अन्तर्राष्ट्रिय सम्मेलनको तेस्रो संस्करण बेलायतमा हुने

किरात राई अन्तर्राष्ट्रिय सम्मेलनको तेस्रो संस्करण बेलायतमा हुने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लण्डन, २६ माघ। किरात राईहरुको अन्तरास्ट्रिय सम्मेलनको तेस्रो संस्करण आगामी मे २४, २५ र २६ का दिन बेलायतमा सम्पन्न हुने भएको छ।

बिश्वका बिभिन्न देशहरुमा छरिएर रहेका राईहरुको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन सन् २०११ मा काठमाडौमा र दोस्रो सन् २०१५ मा भारत (दार्जिलिङ्ग) मा सम्पन्न भएको थियो।

काठमाडौमा मुख्य कार्यालय रहेको किरात राई अन्तर्रास्ट्रिय समन्वय समितिले हरेक तीन बर्षमा आयोजना गर्ने किरात राई अन्तरास्ट्रिय सम्मेलनको तेस्रो संस्करण सिक्किमका पुर्व मुख्यमन्त्री पवन चाम्लिङ्गको प्रमुख उपस्थितिमा हुने कुरा हिजो किरात राई यायोक्खा बेलायतले पत्रकार सम्मेलनको आयोजना गरि उल्लेख गरेको छ। उक्त पत्रकार सम्मेलनमा बोल्दै यायोक्खा बेलायतकी अध्यक्ष कल्पना राईले कार्यक्रमको उद्घाटन मे २४ का दिन बेलायतको अल्डर्सटको एम्पायर हलमा हुने जानकारी दिनुभयो भने मे २५ र २६ को कार्यक्रम साउथ ह्यारो स्थित फूटवल क्लवमा सम्पन्न हुने बताउनुभयो। अध्यराईका अनुसार मे २५ का दिन बन्द शत्र गरिने तथा २६ मा बेलायत घोषणापत्र जारी गरिने कार्यतालिका रहेको सो सम्मेलनमा बिश्वभरिका किरात राईहरुका बिच आपसी भाईचारा सम्बन्ध राख्ने, किरात राईका सम्पुर्ण मातृभाषाहरु (२८ वटा) लाई लोप हुनबाट जोगाउनका लागि प्रभावकारी कदम चाल्ने तथा किरात राईहरुको साँस्कृतिक चाडहरुको संरक्षण, सम्बर्द्धनमा ध्यान दिने, किरात राईहरुको विशिष्ट मौलिक संस्कारहरुलाई अक्षुण राख्ने, विभिन्न ठाउँमा अवस्थित किरात राईसंग सम्बन्धित ऐतिहासिक, पुरातात्विक सम्पदाहरुको संरक्षण र सम्बर्द्धनका बिषयमा छलफल केन्द्रित हुने समेत बताईएको छ।

यस पटकको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, हङकङ, कतार, मलेसिया, जापान, कोरिया गरि १७ देशबाट करिब एकसय डेलिगेट्सहरुको सहभागिता रहनेछ । कार्यवहाक महासचिव नरेश काङमाङ राईले सम्मेलनमा करिब ३० लाख रुपैयाँ खर्च हुने जनाउँदै आर्थिक श्रोत जुटाउन यही २२ फेब्रुअरीमा लन्डन हयारो बरो फुटबल क्लवमा रात्रीभोज सहित सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिनुभयो। बेलायतमा रहेका १४ वटा प्रारम्भिक कमिटी र १७ देशमा रहेका शाखाबाट आर्थिक सहयोग मागिने पनि उहाँले उल्लेख गर्नुभयो।

साथै बैशाख पुर्णिमाबाट शुरु हुने किरातहरुको चाड उभौली साकेन्वा/साकेला समेत किरात राई यायोक्खा बेलायतले उक्त अन्तर्राष्ट्रिय सम्मेलनको अघिल्लो दिन मे २३ का दिन आयोजना गर्ने बताएको छ।

किरात राई यायोक्खा बेलायतकी अध्यक्ष कल्पना राई, उपाध्यक्ष मेजर योगेश राई, सल्लाहकार दिवाकर राई, महासचिव नरेश काङ्माङ्ग राई तथा किरात राई यायोक्खा संस्थापक मानबहादुर राई रहनुभएको पत्रकार सम्मेलनमा बेलायत स्थित विभिन्न सञ्चार माध्यमसंग सम्बन्धित पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: