Sunday, April 5, 2020
Home > प्रमुख > सप्तकोशिमा दादागिरिका कारण जलयातायात अनिश्चितकालका लागि बन्द

सप्तकोशिमा दादागिरिका कारण जलयातायात अनिश्चितकालका लागि बन्द

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रबिन थापा “बगाले”

हतुवागढी-भोजपुर, २ फागुन। प्रथम सगरमाथा आरोही एड्मण्ड हिलारिले पहिलो पटक जेट बोट चलाएको सप्तकोशी नदिमा एक दशक अघिबाट छिटफुट रुपमा ब्यबशायिक जेट बोट सञ्चालनको शुरुवात भएको थियो। विभिन्न समयमा चल्दै बन्द हुँदै आईरहेको यो सेवा नेपाल सरकारले नेपालका ठुला नदिहरुमा पानी जहाज सञ्चालन गर्ने नीति अख्तियार गरेपछी सप्तकोशी नदिमा धेरैको ध्यान तानियो। फलस्वरुप जलयातायात ब्यबशायिहरु जुर्मुराएर जेट बोट सञ्चालनका लागि लागिपरे।

तर हाल चलिरहेका चार वटा जलयातायात कम्पनिहरुले अस्ति माघ २९ गते एक प्रेस बिज्ञप्ति प्रकाशित गरि जलयातायात सेवा अनिस्चितकालका लागि बन्द गरेको घोषणा गरेका छन्।

बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रा. लि., नेपाल रिभर ट्रान्स्पोर्ट प्रा. लि., बराहक्षेत्र मरिन एण्ड रिसोर्ट्स प्रा. लि. र सप्तकोसी टुरिजम एण्ड वाटर ट्रान्स्पोर्टेशन प्रा. लि. ले संयुक्त बिज्ञप्ति जारी गर्दै स्थानिय क्षेत्रको विभिन्न खाले अवरोधजन्य गतिबिधिहरुले गर्दा आफ्नो सेवालाई निरन्तरता दिन नसक्ने जनाएका हुन्। बिज्ञप्तिमा भनिएको छ, “स्थानिय नदि किनारका केही अराजक हुल हुज्जत गर्नेहरुबाट कमिशन, रोजगारी, बुकिङ्ग र स्थानिय दादागिरी लगायतका विभिन्न समस्याहरुले राज्य बिहिनताको उदाहरण प्रष्ट्याएकोछ। यावत चुनौतिका बाबजुद पनि सेवालाई निरन्तरता दिईरहेकोमा बिगत केही दिनदेखी हाम्रो जहाज बाँधेर रोकिदिने, धाक धम्की दिने र कर्मचारिहरुको जिउ धनकोब्समेत असुरक्षा महसुस गरिएकोले स्थानिय प्रशासनको उपस्थितिमा उचित समाधान र सुरक्षाको प्रत्याभुती नहुञ्जेलसम्म यहाँ सञ्चालित सम्पुर्ण कम्पनिका जहाजहरुको सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका छौँ।”

सरकारले आवस्यक कानुन तथा नीति नियम र सञ्चालन कार्यबिधिहरुको तर्जुमा नगर्दा लगानी गर्न उत्साहित उद्यमिहरु निराश भईरहेको भन्दै निजि तवरबाट आफ्नै प्रयासमा सञ्चालनमा रहेको जलयातायातलाई राज्यले न्युनतम सुरक्षाको प्रत्याभुती समेत दिन नसक्नु दुखद रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

भोजपुर जिल्लाको दक्षिणी भेग तथा उदयपुर जिल्लाको बेलका नगरपालिका धनकुटा जिल्लाको साँगुरिगढी तथा शहिदभुमी गाउँपालिकाको ठूलो जनसंख्यालाई चतरा, धरान लगायत तराईसंग प्रत्यक्ष जोड्न सहज भईरहेको यो जलमार्ग निष्क्रिय भएपछी मानिसहरु पुनः अक्करको पाईताला मात्र अडिने बाटोबाट हिँड्न बाध्य छन्। पैदल यात्रा ४ घण्टा लाग्ने दुरिलाई आधा घन्टामा सिमित गरेको जेटबोटमा यात्रुहरु मात्र नभएर आन्तरिक पर्यटकहरुका लागि समेत आकर्षक यात्रा बनिरहेको थियो।

सुनसरिको बराहक्षेत्र स्थित नयाँपुल(चतराघाट) देखि अरुण नदिको हलेदे(भोजपुरको हतुवागढी र धनकुटाको शहिदभुमि गाउँपालिकाको सिमाना) तथा दुधकोशी तर्फ चुवार (उदयपुरको बेलका नपा र भोजपुरको हतुवागढी गाउँपालिका सिमाना) सम्म जेटबोटले सुबिधा दिईरहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *