Sunday, April 5, 2020
Home > स्थानीय समाचार > भिमेश्वरी आधारभुत बिद्यालयको ६०औँ बार्षिकोत्सव सम्पन्न

भिमेश्वरी आधारभुत बिद्यालयको ६०औँ बार्षिकोत्सव सम्पन्न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अरुण आकाश
हतुवागढी-भोजपुर, ४ फागुन ।
हतुवागढी-१ स्थित भिमेश्वरी आधारभूत बिद्यालयको ६०औँ बार्षिकोत्सब विभिन्न कार्यक्रम गरि सम्पन्न गरिएको छ।

हिजो फागुन ३ गते शनिबार बिद्यालयकै प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष सबिता न्यौपानेको अध्यक्षतामा,गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको प्रमुख आतिथ्यता र सगरमाथा माध्यमिक बिद्यालयका प्रधानाध्यापक हेमराज न्यौपानेको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

बिद्यालयका प्रधानाध्यापक हर्क प्रधानले बिद्यालयको प्रगती बिबरण पेश गर्नुभएपछी गाउँपालिकाको अध्यक्ष प्रेमकुमार राईले दिप प्रज्वलन गरेर उद्घाटन गर्दै हतुवागढिको शैक्षिक क्षेत्रको उन्नयनको लागि हतुवागढी गाउँपालिकाले गत भाद्रमा ६ दिन सम्म शैक्षिक गोष्ठि आयोजना गरि १०८ बुँदे घोषणापत्र जारी गरिएकोले सम्बन्धित सम्पुर्ण सरोकारवालाहरुले आ आफ्नो भुमिका र जिम्मेवारी निर्वाह गरेर शैक्षिक गुणस्तर बढाउनका लागि सहयोग गर्न आग्रह गर्नुभयो भने बिशेष अतिथी हेमराज न्यौपानेले तल्लो तहदेखि नै शिक्षाको गुणस्तर राम्रो हुनु पर्ने बताउनु भएको उक्त कार्यक्रममा वार्ड नम्बर १ का अध्यक्ष कुमार बिष्ट,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का हतुवागढी गाउँपालिका सङ्गठन कमिटीका अध्यक्ष मुक्ती राई,बिद्यालय ब्यबस्थापन समितिका सदस्य भक्तबहादुर बस्नेत आदिले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बार्षिकोत्सवका दौडान विभिन्न प्रतियोगितामा बिजय हुने विद्यार्थीहरुलाई पुरस्कार समेत बितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *