Sunday, April 5, 2020
Home > कविता > कविता : साधारण मान्छे

कविता : साधारण मान्छे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

✍️पराजित पोमु

एउटा साधारण मान्छे
जस्तो की सामान्य मान्छेले
खानु, लाऊनु, हाँस्नु, खेल्नु इत्यादि गरे जस्तै
दैनिक कामक्रिया गर्छ
त्यस्तै-
एक साधारण मान्छे हुँ म

हजुर त यो सहरकै नामुद मान्छे
हजुर त यो सहरकै असल मान्छे
तर
हजुर जस्तै भेषधारी भएको
हजुर जस्तै नामधारी भएको
कसले गरि रहेछ हजुरकै बदनाम?

एक साधारण मान्छे म,
साधारण सोंँच्छु
साधारण बुझ्छु
साधारण जिज्ञासा राखि बसेँ-

यो सहरको बिच भागबाट
कसले बजाई रहेको छ-बिभक्त बाँसुरी?
कसले भुटी रहेछ-बुद्धको गिदी जिब्रो ?
कसले खेली रहेछ-स्वयम्भुको दुई आँखाको गुच्चा?
कसले मच्याई रहेछ-गाऊंँको कुनामा आत- कोलाहल?
कसले छोडि रहेछ-खुल्लामञ्चदेेेखि चोक र रोड सबै तिर
पुरूष वेश्याहरू ?

एक साधारण मान्छे हुँ म
साधारण मान्छे – साधारण सोंँच्छु
हजुरलाई साधारण मान्छेको-एउटा साधारण सुझाब बक्सन्छु
यो सहरको मध्य भागमा
एउटा सुधार गृह खोलि दिनुहोस्
एउटा सुधार संस्कार केन्द्र खोलि दिनुहोस्
कतै कौडी नखेलियोस- नैतिकता, मानवताका यावतहरू..
र..
हजुर जस्तै भेषधारी भएको
हजुर जस्तै नामधारी भएको
हजुरको बदनामी गर्नेहरूबाट
म जस्तो साधारण मान्छेलाई
असाधारण हुनबाट छुट्कार मिलाई दिनुहोस्

साधारण मान्छे हुँ म
साधारण सोंँच्छु,
साधारण बुझ्छु-

एउटा साधारण धातु- गुण रूप परिवर्तन भएपछि
कति भयानक बिष्फोटक बन्न सक्छ?
कति नरसंहार गर्न सक्छ?
कति विध्वंस गर्न सक्छ?
हो,मलाई बिष्फोटक हुनबाट बचाउनुहोस्
आफ्नै अस्तित्वमा बाँच्न चाहान्छु म ।

            

Leave a Reply

Your email address will not be published. Required fields are marked *