Sunday, April 5, 2020
Home > स्थानीय समाचार > बगाले थापा कल्याणकारी परिषद लुङ्गिनको नवौँ साधारणसभा सम्पन्न : १ लाख ७५ हजार छात्रबृत्ती बाँडियो

बगाले थापा कल्याणकारी परिषद लुङ्गिनको नवौँ साधारणसभा सम्पन्न : १ लाख ७५ हजार छात्रबृत्ती बाँडियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रबिन थापा “बगाले”

हतुवागढी-भोजपुर, १० फागुन। आफुहरुलाई काजी भिमसेन थापाको सन्तती दावी गर्ने बगाले थापाहरुको “बगाले थापा कल्याणकारी परिषद जिल्ला शाखा हतुवागढी लुङ्गिन” को नवौँ बार्षिक साधारण सभा तथा छात्रबृत्ती बितरण एवं ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

हतुवागढी-२ लुङ्गिन स्थित शिवालय प्रा. वि. को प्राङ्गनमा हिजो फागुन ९ गते आयोजित कार्यक्रममा हतुवागढी लगायतका अन्य गाउँपालिकाका विभिन्न बिद्यालयमा अध्ययनरत ३६ जना बिद्यार्थिहरुलाई १ लाख ७५ हजार रुपैँया छात्रबृत्ती बितरण गरिएको थियो।

उक्त कार्यक्रममा हतुवागढी गाउँपालिका वडा नं. १ र २ (साविक रानिबास गा.वि.स.) भरिका कक्षा ८ मा उत्कृष्ट हुने बिद्यार्थी, सगरमाथा उच्च मा.वि. बाट अघिल्लो बर्ष “माध्यमिक शिक्षा परीक्षा” (SEE) उत्कृष्ट अंक ल्याउने ५ जना, हतुवागढी र आमचोक गाउँपालिकाभरिबाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने १ जना, शान्ती निकेतन आधारभुत बिद्यालयबाट कक्षा ५ र कक्षा ८ मा अध्ययनरत प्रथम र द्धितिय गरि ४ जना, शिवालय प्रा.वि. मा कक्षा २ र ३ बाट प्रथम र द्धितिय हुने ४ जना, तथा भिमेश्वरी आधारभुत बिद्यालय, पञ्चकन्या भगवती आधारभुत बिद्यालय र शंखरानी आधारभुत बिद्यालयबाट कक्षा ८ मा प्रथम हुने १/१ जनालाई छात्रबृत्ती प्रदान गरिएको हो। त्यस्तै गरि जाल्पादेवी प्रा.वि., साम्पुकठोक्का प्रा.वि., जनता प्रा.वि र शान्ती निकेतन आधारभुत बिद्यालयबाट बिद्यालय सर्बोत्कृष्ट (School Top) हुने १/१ जना बिद्यार्थिहरुलाई समेत छात्रबृत्ती प्रदान गरिएको हो।

शाखा अध्यक्ष बिचारी थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शाखा मातहत रहनेगरि घोडेटार बजारका ब्यबशायी हरिबहादुर श्रेष्ठले ११ हजार रुपैया तथा नारायण निरौलाले ५ हजार रुपैँयाको अक्षयकोष समेत स्थापना गर्नुभएको थियो।

बगाले थापाहरुको बसोबासको लामो ईतिहास भएको लुङ्गिनमा संस्थागत भएको सो शाखाको साधारण सभामा हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, समाजसेवी ईश्वरमान राई एवं बगाले थापा कल्याणकारी परिषद केन्द्रिय उपाध्यक्ष डिकबहादुर थापा एवं सगरमाथा उच्च मा.वि. का प्रधानाध्यापक हेमराज न्यौपाने लगायत स्थानिय वडाध्यक्षहरु, बिभिन्न बिद्यालयका प्रधानाध्यापकहरु, शिक्षक तथा क्समाजसेवी र स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो।

कार्यक्रममा आफ्नो शुभकामना मन्तब्य राख्ने क्रममा गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले स्थानिय विकास निर्माणका कार्यहरु चरणबद्ध रुपमा अघि बढिरहेको बताउँदै बगाले थापा कल्याणकारी परिषदको शाखा कार्यालय निर्माणका लागि आगामी कार्यक्रमहरुमा रकम छुट्याउने आश्वाशन समेत दिनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *