Home > अन्तर्राष्ट्रिय समाचार > कोरोनाको लक्षण नदेखिएको मानिसबाट समेत अन्यमा सर्ने तथ्य सार्वजनिक : कोरियामा मृत्यू हुनेको संख्या पाँच पुग्यो।

कोरोनाको लक्षण नदेखिएको मानिसबाट समेत अन्यमा सर्ने तथ्य सार्वजनिक : कोरियामा मृत्यू हुनेको संख्या पाँच पुग्यो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, ११ फागुन । कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएकी एक महिलाद्वारा पाँच आफन्त संक्रमित भएका छन्। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोएटर्सका अनुसार कोरोनाको इपिसेन्टर वुहानबाट ४०० माइल यात्रा गरेर उत्तरी एन्याङ प्रान्त पुगेकी २० वर्षीय ती चिनियाँ महिलामा कोरोनाको कुनै पनि लक्षण देखिएको थिएन । तर, उनको माध्यमबाट फैलिएको कोरोनाबाट पाँचजना आफन्त संक्रमित बनेको बताईएको छ।

कुनै पनि लक्षण नदेखिएर पनि कोरोनाको संक्रमण फैलिन सक्ने नयाँ तथ्य शुक्रबार चिनियाँ वैज्ञानिकहरुले पेस गरेका छन् ।

जेङ पिपुल्स अस्पतालका डा. मियुन वाङका अनुसार जनवरी १० मा ती महिला वुहानबाट एन्याङ गएकी थिइन् र थुप्रै आफन्तहरुलाई भेटेकी थिइन् । जब उनीहरु बिरामी हुँदै गए, त्यसपछि चिकित्सकले ती महिलालाई अलगै राखेका थिए । सुरुमा उनमा कोरोना परीक्षण गर्दा ‘नेगेटिभ’ रिपोर्ट आएको थियो । तर, पछिल्लो परीक्षणमा भने उनी पनि कोरोना संक्रमित भएको पुष्टि भएको थियो । उनीसँगै उनका पाँच आफन्तमा पनि कोभिड-१९ भएको फेब्रुअरी ११ मा पुष्टि भएको थियो ।

अहिलेसम्म बिश्वब्यापी फैलिरहेको कोरोना संक्रमणबाट ७८ हजार, ८ शय ८८ जना संक्रमित भईसकेको पुष्टि भएको छ भने २ हजार, ४ शय ६७ जनाको ज्यान गईसकेको छ। संक्रमित मध्ये २३ हजार, ३ शय ७४ जना संक्रमण मुक्त भई घर फर्किसकेको बताईएको छ।

कोरोनाको उद्गमस्थल मानिएको चिनमा अहिलेसम्म २ हजार ४ शय ४३ जनाको ज्यान गईसकेको छ भने चिनपछी ईरानमा सबैभन्दा बढी ८ जनाको ज्यान गएको छ। दक्षिण कोरियामा समेत हालसम्म ५ जनाको ज्यान गएको तथा ६०२ जनामा संक्रमण पुष्टि भईसकेको बताईएकोछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: