Sunday, April 5, 2020
Home > प्रमुख > लुङ्गिन स्थित कावाखोलामा पक्की पुलको शिलान्यास

लुङ्गिन स्थित कावाखोलामा पक्की पुलको शिलान्यास

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हतुवागढी, १२ फागुन। भोजपुर जिल्लाको दक्षिणी ईलाकाहरु रामप्रसाद राई गाउँपालिका र हतुवागढी गाउँपालिकाको सिमाना भएर बग्ने कावाखोलामा मोटरेबल पक्की पुल बन्ने भएको छ ।
भोजपुर–मानेभज्याङ–रानीबास–घोडेटार सडक खण्ड अन्तर्गत पर्ने सो खोलामा आगामी असार महिना भित्र सम्पन्न गर्ने गरि हिजो फागुन ११ गते पुल निर्माणस्थल मै सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला समन्बय समितिका प्रमुख लक्ष्मण खड्का, रामप्रसादराई गाउँपाालिकाका प्रमुख विजय राई र हतुवागढी गाउँपाालिकाका प्रमुख प्रेमकुमार राईले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो।

स्वीस सरकारको करिब रु. ५ करोड अनुदान लागतमा निर्माण गर्न लागिएको पुल ४० मिटर लम्वाई, ६ मिटर चौडाई र दुबैतर्फ १.२ मिटरको पैदलमार्ग सहित निर्माण गरिने स्विस बिकास नियोग अन्तर्गतको स्थानीय सडक पुल सहयोग ईकाईका प्रदेश १ संयोजक मङ्केश्वर ठाकुरले जानकारी दिनुभयो ।

पुलको सिविल निर्माण कार्यको लागि रु. २ करोड तीन लाख २४ हजार ३७१ रुपैयामा कार्की वन्धु कन्सट्रक्सन कम्पनी विराटनगरले ठेक्का लिएको छ, भने  ट्रस जडानको कामको लागि अर्को कम्पनीसंग सम्झौता गर्ने तयारी भईरहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।
केवल सपोर्टेड ट्रस, ओपन फाउन्डेसन प्रबिधी प्रयोग गरि १ स्पानमा बन्ने पुलको दुवै पट्टी पक्की पिलर निर्माण गरिएपछि ट्रस जडान हुने कार्यालयको भनाई छ । डिजाइन अनुसार  पुलको आयू ८० वर्ष रहेको र भूकम्प प्रतिरोधी बन्ने निर्माण कम्पनीको भनाइ छ ।
प्रदेश सरकारले सो खोलामा पुल निर्माणका लागि काम गर्ने तयारी गरिरहेको भएपनि स्वीस सरकारले पनि पक्की पुल निर्माणको लागि आर्थिक सहयोग गर्ने भएपछि मुख्यमन्त्री शेरधन राईको पहलमा पुल निर्माण कार्य अघि बढेको  पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिनुभयो । प्रमुख रेड्डीको भनाई थियो, ‘ हामी प्रदेश सरकार अन्तर्गत पुल निर्माण गर्ने तयारीमा थियौ, तर स्वीस सरकारले पनि आर्थिक सहयोग गर्ने जनाएपछि मुख्यमन्त्रीको पहलमा यसको काम अगाडी बढाएका हौ, यसलाई गुणस्तरीय ढंगले समयमा सम्पन्न गर्न हाम्रो कार्यालयले पनि भूमिका खेल्ने छ ।’

यो पुल निर्माण भएपछि सदरमुकामबाट दक्षिण हुँदै तराईका जिल्लामा सहज पहुँच हुनेछ । यस सडक खण्डलाई भोजपुरको उत्तर–दक्षिण जोड्दै संखुवासभाको किमाथाङ्कासम्म कालोपत्रे गर्ने गरि काम अगाडी बढाउने प्रदेश सरकारले जनाएको छ । जसको लागि उदयपुरको मैनामैनीसम्म टेन्टर प्रक्रिया सम्पन्न भई काम शुरु भएको छ भने, त्यहाँबाट यता भोजपुरतर्फको सडकको टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख रेड्डीको भनाई छ । उहाँले भन्नुभयो, ‘भोजपुरलाई तराईसंग जोड्ने यो सवैभन्दा छोटो सडक हो, यसलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर कालोपत्रेको काम शुरु गरेको छ, यसै अनुरुप उदयपुरको मैनामैनी सम्मको सडक कालोपत्रेको पक्रियामा गएको छ, भने दक्षिणबाट भोजपुर सदरमुकाम हुँदै किमाथाङ्का जोड्ने सडक कालोपत्रे गर्न टेन्डर प्रक्रियामा छ ।’

रामप्रसाद राई गाउँपालिका-५ र हतुवागढी गाउँपालिका-२ जोड्ने यो खोलामा पुलको अभाव हुँदा हतुवागढी गाउँपालिकाका नागरिकहरु सदरमुकाम आवतजावत गर्दा खोला तर्दै जोखिमपुर्ण यात्रा गरिरहेका थिए भने सडक यातायातको सुबिधापछि पनि यातायातका साधनहरु पानीबिचबाटै वारपार गराउनुपर्ने असहज अवस्था रहेको छ।

भोजपुुरमा प्रदेश सरकारको पूर्ण लागतमा ८ ओटा र प्रदेश सरकारको पहलमा स्वीस सरकारको अनुदान सहयोगमा दुई ओटा गरि १० ओटा पुल निर्माण भईरहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *