Tuesday, July 7, 2020
Home > प्रमुख > सप्तकोशिमा जलयातायात सेवा सुचारु : भाडादर घट्यो

सप्तकोशिमा जलयातायात सेवा सुचारु : भाडादर घट्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हतुवागढी, १६ फागुन। सप्तकोशी नदीमा जल यातायातको रूपमा सञ्चालित मोटरबोट सेवा केही दिन अगाडिबाट अवरुद्ध भएकोमा गत सोमबारबाट सञ्चालनमा आएको छ।

स्थानीयबाट सुरक्षा खतरा बढेको तथा सरकारबाट नितिगत ब्यबस्थाको अभाव भएको भन्दै बन्द गरिएको मोटरबोट सेवा सरोकारवाला तथा जेट्बोट सञ्चालकहरुसंगको छलफल र सहमतिपछी पुनः सञ्चालनमा आएको बताईएकोछ। स्थानियहरुको माग अनुसार स्थानियहरुलाई रोजगारी र सहुलियत भाडादराको बिषयमा सहमती भएपछी सेवा सुचारु गरिएको हो।

नयाँ सहमति अनुसार चतराबाट धनकुटाको साँघुरीगढी गाउँपालिकाको संखुवा सम्मको भाडा रु. ३०० बाट २५०, चतराबाट सहिदभूमी गाउँपालिकाको त्रिवेणी सम्मको भाडा रु. ३५० बाट रु. ३०० र चतराबाट हुतवागढी –९ हसनपुरको सिम्ले–हलेदे नदी किनार आसपासका स्थानीयको भाडा रु. ४०० र अन्य क्षेत्रबाट आउने यात्रुको भाडा रु. ५०० पहिलाकै यथावत राखिएको सप्तकोशी टुरीजम एण्ड वाटर ट्रान्स्पोटेशन प्रालिका सञ्चालक राजेन्द्र कार्कीले जानकारी दिएका छन् ।
सप्तकोशी नदीमा ४ ओटा कम्पनीका ७ ओटा जेटबोट सञ्चालनमा रहेका छन् । जेटबोट संचालन गरिने स्थान (चतराघाट)मा विहान ७ बजेबाट साँझ ५ बजे सम्म प्रहरी चेक पोष्ट रहने सहमति समेत भएको बताईएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *