Sunday, April 5, 2020
Home > प्रमुख > “रामप्रसाद राईलाई राष्ट्रिय बिभुती घोषणा गरिनुपर्ने आधार” बिषयक बिचार गोष्ठिको आयोजना गरिँदै

“रामप्रसाद राईलाई राष्ट्रिय बिभुती घोषणा गरिनुपर्ने आधार” बिषयक बिचार गोष्ठिको आयोजना गरिँदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ, १७ फागुन। वि. सं. २००७ सालका प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको १११औँ जन्म जयन्ती दिवसका अवसरमा भोलि फागुन १८ गते काठमाडौ स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विचार गोष्ठिको आयोजना गरिएकोछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा आयोजना गरिने सो विचार गोष्ठिमा “प्रजातान्त्रिक योद्धा : रामप्रसाद राईलाई राष्ट्रिय बिभुती घोषणा गरिनु पर्ने आधार” भन्ने बिषयमा कार्यपत्र प्रस्तुत गरिनेछ। प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रबचन कक्षमा दिनको १२:३० बजे आयोजना गरिने सो विचार गोष्ठिको कार्यपत्र “जननायक रामप्रसाद राई : माझकिरातको क्रान्तिदेखी सिंहदरवार बिद्रोहसम्म” नामक पुस्तकका लेखक तथा किरात राई संस्कृती अध्येता भोगिराज चाम्लिङ्गले प्रस्तुत गर्नुहुनेछ भने उल्लेखित कार्यपत्रमा डा. गोबिन्दमान सिंह कार्किको विश्लेषण रहने कार्यक्रम छ।

उक्त कार्यक्रमको आयोजना गर्ने रामप्रसाद राई स्मृती प्रतिष्ठान केन्द्रिय कार्यसमिती काठमाडौले आज साँझ ५ बजे राईको जन्म जयन्तिको अवसरमा दीप प्रज्वलन कार्यक्रम समेत राखेकोछ।

को हुन रामप्रसाद राई?

तत्कालिन माझ किराँत (हालको भोजपुर जिल्ला) को बासिखोरा सान्दिलुङ्गमा आजभन्दा १११ बर्ष अघि जन्मिएका रामप्रसाद राईको अवस्था वि.सं. २००७ सालको सिंहदरबार कब्जापछि आजसम्म पनि अज्ञात छ।

राणा शासन अन्त्यका लागि बिना रक्तपात भोजपुर सदरमुकाम (माल अड्डा/हाल भोजपुर कारागर)मा कब्जा गरि त्यहाँ रहेको आकाशबाणिलाई क्रान्तिको समाचार प्रवाह गर्ने रेडियोको रुपमा बिकसित गरेर पुर्वका विभिन्न जिल्लाहरु कब्जा गर्न सफलतापुर्वक नेतृत्व गरेका राई तत्कालिन बेलायती उपनिबेशको भारतिय सेना (गोरखा पल्टन)मा नौ बर्ष काम गरि क्रान्तिकै लागि नेपाल फर्किएका योद्धा थिए। भारतिय सेनामा रहँदा समेत त्यहाँका योद्धा सुबासचन्द्र बोसबाट प्रभावित भई देशमा चलिरहेको एकतन्त्रीय जहानिया शासन अन्त्यका लागि नेपाल फर्किएर नेपाली सेनामा भर्ती भएका थिए।

सुबासचन्द्र बोसकै “आजाद हिन्द फौँज” मा काम गर्दा अंग्रेज बिरुद्ध लड्न सिकेका रामप्रसाद राई आफ्नै देशमा चलिरहेको राणा शासनको अन्त्य गर्न चाहन्थे। सरकारी सेनामै काम गरिरहे पनि १९९७ सालमा चार जना स्वतन्त्रप्रेमिहरुलाई खुलेयाम हत्या गरिएपछी उनी राणाहरुको ज्यादतिप्रती अझ धेरै असन्तुष्ट हुन लागे। जसले गर्दा उनी पुर्वका जुन ठाउँमा पुगे त्यहाँ भित्रभित्रै राणा बिरोधी गतिबिधी र संगठन गर्दै हिँडे। वि.सं. २००७ सालको कार्तिक महिनामा सेनाबाट राजिनामा दिई स्वतन्त्र सेनानी बन्ने अठोट सहित क्रान्तिमा होमिएका राईले जनताहरुलाई शिक्षित र सचेत गराउनका लागि विभिन्न ठाउँमा बिद्यालय समेत स्थापना गरेका थिए।

वि.सं. २००७ साल मंसिर २४ गते भोजपुर सदरमुकाम कब्जा गरेपछी निरन्तर अघि बढ्दै काठमाडौ पुगेका राई राणा, काँग्रेस र दिल्ली बिचमा भएको त्रि-पक्षिय सन्धी(दिल्ली सम्झौता) धोका भएको भन्दै अर्को पुर्ण स्वतन्त्रताको लागि क्रान्तिको तयारिमा लागेका थिए। तर उनलाई विभिन्न आरोपमा प्रजातान्त्रिक सरकारले पटक पटक गिरफ्तार गरि जेलमा राख्ने काम गर्‍यो। त्यसै सिलसिलामा वि.सं. २००८ सालमा डा. केआई सिंहसंग मिलेर राईको नेतृत्वमा २४ घन्टासम्म सिंहदरबार कब्जा समेत गरिएको थियो।

सिंहदरबार कब्जाको घट्नापछी डा. केआई सिंह सहित चिन जानका लागि हिँडेका रामप्रसाद राईको अवस्था त्यसपछि रहस्यमय रह्यो। अर्थात रामप्रसाद राई न त चीन पुगेको कुनै बिबरण छ न त फर्किएर आएको खवर नै। एक खाले तर्क छ, रामप्रसाद राईहरु चीन जाँदै गर्दा सरकारी सुराकिहरुबाट बाटैमा उनी मारिए, अर्को तर्क छ, चीन गएको हल्ला फैलाएर उनलाई सुन्धाराकै केन्द्रिय कारागारमा मारियो वा चीन जाँदै गर्दा बाटैबाट पुनः पक्राऊ गरि काठमाडौ ल्याएर उनलाई मारियो।

यसरी एउटा बिष्फोटक परिबर्तनको मुख्य भुमिका निर्वाह गरेका रामप्रसाद राईको जिवनको अन्त्य कसरी र कहाँ भयो आज पर्यन्त रहस्यकै गर्भमा छ। उनको सम्मानमा उनी जन्मिएको ठाउँलाई रामप्रसाद राई गाउँपालिका नामाकरण गरिएको छ भने विभिन्न ठाउँमा उनको नाममा स्मृती प्रतिष्ठान बनाई उनको योगदानको चर्चा गरिन्छ। उनकै जन्मथलोमा रामप्रसाद राई स्मृती उद्यानको निर्माण गरिँदैछ भने नेपाल सरकारले केही बर्ष अघि “प्रजातान्त्रिक योद्धा” भनेर रामप्रसाद राईको तस्विर अंकित हुलाक टिकट समेत निस्काशन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *