Sunday, April 5, 2020
Home > साहित्य > कवि प्रयागराज काफ्लेको कविता लाेकार्पणमा प्राज्ञ पाैडेल

कवि प्रयागराज काफ्लेको कविता लाेकार्पणमा प्राज्ञ पाैडेल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ, २० फागुन। गत फागुन १७ गते झापा सुरुङ्गास्थित कन्काई प्रतिभा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पाैडेलले प्रमुख अतिथिका आसनबाट कवि प्रयागराज काफ्लेको कविता सङ्ग्रह “भुइँमान्छे” को लोकार्पण गर्नुभयाे ।

कन्काई प्रतिष्ठानका अध्यक्ष कोमलप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्रष्टाहरू पुण्यप्रसाद खरेल, केशव आचार्य, रूद्र चिमरिया, हरिनारायण भट्टराई, ईश्वरी सिवाकोटी, कर्ण डाँगी, लक्ष्मी अच्युत ढुङ्गाना, सुमित्रा वाङ्देल चेली, गोपालप्रसाद तिवारी आदि अतिथिकाे रूपमा उपस्थित हुनुहुन्थ्याे । जीवनाथ सुवेदीकाे सञ्चालन र प्रेम प्रभातकाे स्वागत मन्तव्य रहेकाे उक्त कार्यक्रममा देवीचरण भण्डारी, केशव आचार्य, टीका भट्टराई नेपाल, योञ्जन सुनुवार, मिना अधिकारी, भुवन आदिम, आदिले कविता,गीत गजल आदि सुनाउनुभयो भने मातृका संग्रौलाले बाँसुरी बजाई सबैलाई मुग्ध पार्नुभएकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथि प्रा. डा .पाैडेलले प्रयागका कविताहरूमा विषयगत विविधता र शिल्पगत एकरूपता रहेकाे बताउँदै प्रयाग राम्राे सम्भावना बाेकेकाे कविका रूपमा उदाएकाे चित्रण गर्नुभयाे । लोकार्पित उक्त कविता कृतिको समीक्षा सूर्य अधिकारी र जीवनाथ सुवेदीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *