Sunday, April 5, 2020
Home > समसामयिक > हिन्दी फिल्म “सूर्यबंशी” मा नेपाललाई कसरी देखाईएला?

हिन्दी फिल्म “सूर्यबंशी” मा नेपाललाई कसरी देखाईएला?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ, २० फागुन। भारतीय फिल्म सूर्यबंशीको ट्रेलर सार्वजनिक भएको छ । आगामी मार्च २४ मा रिलिज गरिने यो फिल्मको ट्रेलर यूट्यूबमा आएको दुई दिनमै ४ करोड ५१ लाख पटक हेरिएको छ। वास्तविक रुपमै आतंकबादसंग लडिरहेको भारतमा बन्ने थुप्रै फिल्महरु आतंकबाद बिरोधी कथामा बन्ने गरेका छन्। त्यस्तै गरि यो फिल्मलाई पनि ब्लकबस्टर बन्ने अपेक्षाका साथ प्रतीक्षा गरिएको छ।

रोहित सेट्ठिद्धारा निर्देशित तथा अक्षयकुमार, कैट्रीना कैफ, अजय देवगण, रणबीर सिंह आदिलाई देखाईएको ४ मिनेट १५ सेकेन्डको ट्रेलरको सुरु र अन्त्यमा नेपाल प्रहरी संचार सेट ( वाकीटकी) को आवाज सुन्न सकिन्छ। ट्रेलरको सुरुमा नै नेपाल प्रहरी कार्यालय (कन्ट्रोल रूम) लाई इको कलसाइनले कल गरेर ट्रेलर सुरु भएको छ भने अन्त्यतिर ४ मिनेट ५सेकेन्डमा पुनः कल गर्दै, “हाम्रो पेट्रोलिङ भ्यान इन भयो ‘रोजर’ लेकसाइड नर्मल छ है” भनेर सकिएको छ । यसले के अनुमान गर्न सकिन्छ भने, फिल्मको बिषयबस्तु नेपालसंग जोडिएको छ ।

भारतीय फिल्मले नेपाल चित्रण गर्दा अधिकांश फिल्ममा आतंककारी लुक्ने स्थान भनेर चित्रण गरिएको पाइन्छ । पछिलो उदाहरण अर्जुन कपूरको “इन्डियाज मस्ट वान्टेड”लाई लिन सकिन्छ । उक्त फिल्ममा नेपाललाई आतंककारी लुक्ने स्थान भनेर चिनाईएकोछ भने उक्त फिल्मको अधिकांश छायांकन नेपालका बिभिन्न स्थानमा गरिएको थियो ।

यस अघि पनि अक्षय कुमार अभिनित फिल्म ‘बेबि’ मा पनि नेपाललाई आश्रय स्थल बनाएको आतंककारीलाई भारत फर्काइएको देखाईएको थियो । त्यस्तै जोन अब्राहम अभिनित अर्को फिल्म “RAW” मा पनि भारतिय र पाकिस्तानी गुप्तचरहरुको सुरक्षित सम्पर्कस्थलका रुपमा नेपाललाई देखाईएकोछ।

यी प्रतिनिधि फिल्महरुले नेपाली सुरक्षा संयन्त्र फितलो मात्रै देखाउँदैनन् अन्तर्राष्ट्रिय समुदायमा नेपालप्रतिको धारणा पनि गलत प्रवाह हुने खतरा बढ्न सक्छ। नेपालमा छायांकन हुने यस्ता फिल्महरुलाई नेपाली संचारमाध्यमले समेत नेपालमा छायांकन गरेको भारतीय फिल्म भन्दै प्रचार गर्ने गरे पनि तिनको असर सम्पूर्ण देशको चिनारी मै आघात पुग्ने किसिमको हुने गरेका छन्।

अझ सुर्यबंशीमा प्रयोग गरिएको नेपाल प्रहरीको कोडसाइनले कतै भारतले नेपाल माथि गर्ने गरेको अप्रत्यक्ष प्रभावलाई देखाउन त खोजिएको छैन? फिल्महरु मनोरञ्जनका लागि तयार गरिन्छन्, तर तिनले दिने जानकारी र सुचनाहरु सत्य र ऐतिहासिक हुनुपर्दछ।

सुर्यबंशीको ट्रेलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *