Sunday, April 5, 2020
Home > सँस्कृति > प्रज्ञा–प्रतिष्ठानबाट ‘मुन्दुम’ प्रकाशित

प्रज्ञा–प्रतिष्ठानबाट ‘मुन्दुम’ प्रकाशित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१ चैत, काठमाडौ । नेपाल प्रज्ञा–प्रतिष्ठानको नवीनतम् प्रकाशनका रूपमा ‘मुन्दुम’ प्रकाशित भएको छ । ‘मुन्दुम’ भन्नाले किरात सभ्यतामा प्रचलित मानव सभ्यताको उत्पती तथा बिकास सम्बन्धी व्याख्या गरिएको मौखिक दर्शन हो। जो आज पर्यन्त किरात जातिमा भएका धामी, नाक्छोङ्हरुले प्रयोग गर्ने गर्दछन्।

मुन्दुम अन्वेषक तथा सङ्कलक भोगीराज चाम्लिङद्वारा सङ्कलित तथा सम्पादित किरात राई जातिको मौखिक ज्ञान मानिने तर हाल लोपोन्मुख अवस्था पुगिसकेको ‘मुन्दुम’लाई पुस्तकका रूपमा नेपाल प्रज्ञा–प्रतिष्ठानको मातृभाषा साहित्य विभागको लघुपरियोजना अन्तर्गत तयार पारी प्रकाशनमा ल्याइएको हो ।

१८४ पृष्ठको उक्त ग्रन्थमा मुन्दुम र मृत्यु संस्कार, मृत्यु संस्कारः विधि र प्रक्रिया, धामी र वेइटुङबिचको संवाद, मुन्दुम रिसिया अर्थात् श्लोक चाम्लिङ नेपाली भाषाबाट नेपाली भाषामा लिप्यान्तरण गरिनुका साथै मृत्यु संस्कारमा चाहिने सामग्रीसमेतको विवरण प्रस्तुत गरिएको छ । किरात चाम्लिङ राई जातिमा परम्परादेखि चलिआएका परम्परागत जातीय संस्कार र संस्कृतिबारे चासो राख्ने सबैका लागि ग्रन्थ उपयोगी बन्ने देखिन्छ । रु. २२० मूल्य रहेको ग्रन्थ प्रज्ञा भवनको विक्री कक्षमा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *