Home > प्रमुख > हतुवागढिमा कोरोना भाईरस रोकथाम तथा नियन्त्रण राहतकोष स्थापना

हतुवागढिमा कोरोना भाईरस रोकथाम तथा नियन्त्रण राहतकोष स्थापना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हतुवागढी, २३ चैत। हतुवागढी गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका लागि कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि राहत कोषको स्थापना गरेको छ।

चैत २२ गते गाउँपालिका अध्यक्ष प्रेमकुमार राईद्धारा जारी बिज्ञप्तिमा उल्लेख गरिए अनुसार उक्त राहतकोषका लागि गाउँपालिकाका जनप्रतिनिधिहरुले पाउँदै आएको १५ दिनको सेवा सुबिधा बापतको रकम, गाउँ कार्यपालिका कार्यालय तथा सो अन्तर्गतका कर्मचारिहरु मध्ये अधिकृत स्तरको शुरु तलव स्केलको ५ दिन, सहायक स्तर तथा सहयोगिहरुको ३ दिनको तलव बराबरको रकम राहतकोषमा जम्मा गर्ने निर्णय गरिएको उल्लेख छ। उक्त राहतकोषमा स्वास्थ्य सेवा वा स्वास्थ्य संस्थामा संलग्न कर्मचारिहरुले भने जम्मा गर्नुपर्ने छैन।

साथै प्रत्येक वडामा कोरोना भाईरसका बिषयमा गुनासो संकलनको ब्यबस्था गरिएको तथा सो बिषयमा निरन्तर अद्यावधिक गर्न तथा गाउँपालिकामा प्रत्यक्ष सम्पर्क गर्नका लागि गाउँपालिकामा नियमित हटलाईन टेलिफोन सेवा संचालन समेत गरिएको छ।

विज्ञप्तिका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि हतुवागढी गाउँपालिकाभित्रका सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा आवस्यक ब्यक्तिगत सुरक्षा उपकरण (Personal Protective Equipment), इन्फ्रारेड थर्मोमिटर, मास्क, सेनिटाईजर, भाईरेक्स, ब्लिचिङ्ग पाउडर, तथा सामान्य रुघा, ज्वरोका औषधिहरुको पर्याप्त ब्यबस्था मिलाईएको छ।

असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायहरुका लागि उपलब्ध गराईने राहत सम्बन्धी नेपाल सरकारको मापदण्ड तथा कोरोना प्रभावित क्षेत्रहरुका लागि सुबिधा प्रदान गरिने नेपाल सरकार मन्त्री परिषदको निर्णय कार्यान्वयन कार्ययोजना अनुसारको द्रुत तयारी भईरहेको उल्लेख गर्दै बिज्ञप्तिमा भनिएको छ, “छिमेकी जिल्लाहरुसंग जोडिएका यस गाउँपालिका अन्तर्गतका विभिन्न नाकाहरु (वडा नं. ९ स्थित चुहार, सिम्ले र मचुवा) मा पैदल यात्रीहरुको आवागमन नियन्त्रणको लागि नेपाल प्रहरी मार्फत सुरक्षा ब्यबस्था कडा पार्ने ब्यबस्था मिलाईएको छ।”

  • कोरोना भाईरसको सम्बन्धमा गाउँपालिका प्रतिनिधिसंग प्रत्यक्ष सम्पर्क गरि सुचना उपलब्ध गर्नका लागि हटलाईन नम्बर : ९८५२०८२१००
  • कोरोना भाईरस रोकथाम तथा नियन्त्रण राहतकोषमा आर्थिक सहायता उपलब्ध गराउनका लागि प्रभु बैँकको हतुवागढी शाखामा रहेको “हतुवागढी बिपद ब्यबस्थापन ” खाता नम्बर : १८२००२०११३७९८६०००००६

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: