Home > कविता > खबरदार … सरकारी आदेशले छुँदैन

खबरदार … सरकारी आदेशले छुँदैन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुमित्रा अबिरल
दार्जिलिङ्ग

शितको थोपालाई एउटा यस्तो दिनको पर्खाइ छ
जो रातहरूसंग आकाशमा उडेका
कालो बादलका थुम्काहरू
सरह कोरोनालाई उड़ाएर भत्काउँदै …भत्काउँदै
एउटा यस्तो सूर्य उदाओस
जहाँ भुकभुके उज्यालोमा
जनसेवामा हिड़ेकी
मेरिना / सरिना / मधुमति / मनमाया जस्तै
ती लाखौं आमाहरूकी
छ महिने गुडियाले
बेलुकीपख सुरक्षित आमाको अनुहार हेर्न पाऊन्
ममतामय छात्तीभरि सजिएको सपनाहरूमा
उनिहरू फूल्न सकोस्
भविष्यसंग कल्पनाका उड़ानहरूले
यथार्थका रंगी बिरङ्गी फूलका बगैचा बनोस्
यहि चहान्छन् शितका थोपाहरू

विश्वका सिमानाहरूमा खटिएका
हरियो सहासी पोशकभित्र
एउटा कोमल बाबुको मन मुटु
उनिहरूका तरेलीमा
आफ्नो सानी पुतली नाँचिरहेकी हुन्छन्
ती सानी पुतली तोते बोल्दै
एउटा दृढ़ विश्वास / सुरक्षित / आँटिलो बाबुको
औंलाहरू समातेर टुकुल टुकुल हिड़ेको हेर्न मौका पाओस
त्यो कोरोनाको बलशाली पर्खाललाई तोड़ेर
यहि चहान्छ यी शीतका थोपाहरू

तर … खबरदार …!!
उनिहरूलाई लकडाउनको कानुनले छुँदैनन्
उनिहरूलाई क्वारेन्टाइनमा बस्ने
कुनै नैतिक अधिकार छैनन्
तिनीहरू सरकारी जागिर खानेहरू
चौबिसै घण्टा खटिनुपर्छ ।

कर्म यात्रामा
सरकारी बेडहरूमा रोमन / धनबिर / इर्फानका बूढ़ी आमा झैं
अस्तमाको रोगले त्यस्ता कति आमाहरू कति अस्ताए … अस्ताएस
थोमसौकी प्रेमीका जस्तै
ह्रदयघातले कति अस्ताए , कति

तर जब आफ्नो छोरा छोरीको स्पर्शहरू
खोजेर तडपी तड़पी देह त्यागेको
दृश्य देख्छ नि
मेरिना जस्तै पल पल मरिरहेकी छिन्
ती स्वंयम सेवीहरू
हुन त कति देखिसकेका होला उनिहरूले
त्यहि बेडहरूमा मृत्यु र यमराजका लुकाछुपीहरू
तर … जीवन दानाको भिख माग्दै
क्षण क्षणमा लासहरूको पिरामिट चुलिएको देख्दा
मेरिनाले आफ्नो गुड़ियालाई दूध पिलाउने समय भुलेकी छन् यतिखेर
उनिले हातको घड़ी हेर्न छोड़ेकी छिन्
कोरोनाको बलियो पर्खाल तोड़्न असमर्थ मेरिना
मन मनै घर जान डराउँदैछिन्

उ उभिएका धरती हल्लिरहेको छ
सँधै झैं छोरीलाई अंगालोमा बाँध्न आतुर छैनन् उनि
विवश मेरिनाको नयन अघि
छट्पटीरहेका छन्
हजारौ आमा / बाबुहरू
अनि
हजारौ छोरा- छोरीहरू
उसकै जस्तो सपनाहरू सजाएका
तर यो निर्दय कोरोना
हरेक क्षण मृत्युका होली खेलिरहेछन्
मेरीनाहरू हिड्ने सड़क / गोरेटो / गल्लीहरूमा
अनि ती वीरहरू हिड्ने हरेक पहाड़का कुईनेटोहरू / गस्ती लगाउने हरेक सड़कहरूमा
कस्तो बलशाली यो कोरोना
बलियो बङकर झैं हिमाल बनिदिएको
खर्ल्लप विश्वभरिका शान्ती / सपनाहरू एकै सासमा
निल्न सक्ने ।

तर …खबरदार !
उनिहरूलाई लकडाउनको कानुनले छुँदैनन्
उनिहरू क्वारेन्टाइनमा बस्ने कुनै नैतिक अधिकार छैन्
सरकारी जागिर खाने चौबिसै घण्टा खटिरहनुपर्छ
हामी जनमानस
बजार हाट घुमिरहनु पर्छ
सब्जीका डाकरहरूमा
चामलका बोराहरूमा
मासु दोकानका भिताहरूमा
सकेभर झिंगाहरूमा
कोरोनासंग मितेरी गाँसी रहनुपर्छ

खाकी लुगाले गस्ती लगाइरहनु पर्छ
शहर / गल्ली / सड़क / गाऊँ / गोरेटोहरूमा
माइक फुकिरहनु पर्छ …
फुकिरहनु पर्छ
घरभित्र बस्नुहोस
सुरक्षित बस्नु होस
कृपया कोरोनालाई ननिम्त्याउनु होस्
मृत्युलाई जित्नुहोस
यसरी हुजुरी चढ़ाइरहनु पर्छ
किनकि
उनिहरूलाई लकडाउनको कानुनले छुँदैन ।
उनिहरूलाई क्वारेन्टाइनमा बस्ने कुनै नैतिक अधिकार छैन ।
सरकारी जागिर खाने
चौबिसै घण्टा खटिरहनु पर्छ
उनिहरूको परिवारहरूले त
जन्मिन्दा नै कोरोनासंग मितेरी गाँसेको छ ।
यसैले …खबरदार …!
उनिहरूलाई सरकारी आदेशले छुँदैन ।
कोरोनाले पनि छुँदैन ।
विश्वभरीका पत्रकारहरूले
प्रत्यक्ष बनेर विश्वको हालखबर सुनाई रहनुपर्छ
उनिहरूलाई सरकारी आदेशले छुँदैन
उनिहरूलाई लकडाउनको कानुनले छुँदैन
उनिहरूलाई क्वारेन्टाइनमा बस्ने नैतिक अधिकार छैन् ।
बरू मौका मिले जनसानसहरूले
सरकारी राशनहरू पनि घोटला गरिरहनुपर्छ /
घोटाला गरेको सहन गरिरहनुपर्छ
पत्रकारहरू छँदै छ नि
निशु:ल्क सेवा गरिरहनु पर्छ
उनिलाई लकडाउनको कानुनले छुँदै छुँदैन
खबरदार उनिहरूलाई सरकारी कानुनले छुँदै छुँदैन् ।
झनै उनिहरूलाई कोरोनाले हेर्दै हेर्दैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: