Tuesday, August 11, 2020
Home > प्रमुख > घोडेटारमा दैनिक उपभोग्य बस्तुहरुको मूल्य निर्धारण

घोडेटारमा दैनिक उपभोग्य बस्तुहरुको मूल्य निर्धारण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रविन थापा “बगाले”
हतुवागढी, २५ चैत। 
भोजपुर उद्योग बाणिज्य संघ शाखा कार्यालय घोडेटारको अगुवाईमा घोडेटार बजार ब्यबस्थापन तथा अनुगमन समितिको गठन गरि दैनिक उपभोग्य बस्तुहरुको मूल्य निर्धारण गरेको छ।

कोरोना भाईरसका कारण देशब्यापी लकडाउन गरिएको अवस्थामा सर्वसाधारण नागरिकहरुमा दैनिक उपभोग्य सामग्रीहरुको अभाव हुन नदिन तथा कालोबजारी र कृत्रिम अभाव सृजना हुन नदिन यस्तो गरिएको बताईएको छ। घोडेटार बजारमा आज गठन गरिएको समिति तपसिल बमोजिम रहेको भोजपुर उद्योग बाणिज्य संघ शाखा कार्यालय घोडेटारका सचिव प्रल्हाद थापाले बताउनुभएको छ:

१. संयोजक : भीम बहादुर प्रधान ( उ. बा. संघ घोडेटार, कार्यबाहक अध्यक्ष )
२. सदस्य : नारायण प्र निरौला ( उ. बा. संघ घोडेटार, सल्लाहकार संयोजक )
३. सदस्य : प्रकाश बस्नेत ( उ. बा. संघ घोडेटार, महासचिव )
४. सदस्य : सविता सुवेदी ( उ. बा. संघ घोडेटार, कोषाध्यक्ष )
५. सदस्य : प्रलाद थापा ( उ. बा. संघ घोडेटार, सचिव )
६. सदस्य : शम्भु कार्की ( क्याप्टेन, फस्ट राइफल गण हतुवागढी )
७. सदस्य : जस बहादुर लिम्बु ( प्रहरी निरिक्षक, ई. प्र. का. घोडेटार)
८. सदस्य : कुमार विष्ट (वडा अध्यक्ष, हतुवागढी गा. पा.वडा नम्बर १)
९. सदस्य : हरी बहादुर श्रेष्ठ ( व्यावसाय प्रतिनिधि )

उपरोक्त समितिको आजै बसेको बैठकले तपसिल अनुसारको दरभाऊ तोकेको छ।
१. कान्छी चामल प्रती बोरा (३० किलोग्राम) – रु. १,२५०/-
२. मनसुली चामल प्रती बोरा (२५ किलोग्राम) – रु. १,३००/-
३. सोयाबिन तेल प्रती लिटर – रु. १६०/-
४. जिरा मसिना चामल प्रती बोरा (२५ किलोग्राम) – रु. १,७५०/-
५. सूर्यमुखी तेल प्रती लिटर – रु. १८०/-
६. तोरितेल प्रती लिटर – रु. २००/-
७. आयो नुन प्रती किलोग्राम – रु. ३०/-
८. चिनी प्रती किलोग्राम – रु. ९०/-
९. मुसुरो दाल प्रती किलोग्राम – रु. १४०/-
१०. ढिके नुन प्रती किलोग्राम – रु. २०/-
११. मटर दाना प्रती किलोग्राम – रु. १३०/-
१२. मनसुली चामल पुरानो प्रतिबोरा (५० किलोग्राम) – रु. २,८००/-

उल्लेखित मुल्यसुची भोलि अर्थात चैत २६ गतेका दिनदेखी अर्को सुचना नगरेसम्मका लागि लागू गरिने कुरा बैठकपछी उधोग बाणिज्य संघ घोडेटारका कार्यबाहक अध्यक्ष एवं बजार ब्यबस्थापन तथा अनुगमन समितिका संयोजक भिमबहादुर प्रधानद्धारा जारी सुचनामा उल्लेख गरिएको छ।

साथै समितिको बैठक सम्पन्न भए पश्चात् आजै दिनको १:३० बजेबाट बजार अनुगमन समेत गरिएको बताईएको छ। अनुगमनका क्रममा घोडेटार बजारमा हाल निम्नानुसारको सामानहरु मौजुद रहेको पाईएको छ :

१. सबै प्रकारको चामल (एकमुस्ट) ३०,८२० की. ग्रा.
२. खाने तेल : ४,१०० ली.
३. नुन : १४,००० की. ग्रा.
४. दाल : १,००० की ग्रा.
५. मटर / चना : १,००० की. ग्रा.
६. ग्यास : मौजुदा नभएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: