Home > प्रमुख > हतुवागढिले ‘लकडाउन’ प्रभावकारी बनाउन स्वयंसेवक भर्ना गर्दै

हतुवागढिले ‘लकडाउन’ प्रभावकारी बनाउन स्वयंसेवक भर्ना गर्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हतुवागढी, २६ चैत। भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकाले सिमा नाकाहरु बन्द गर्ने प्रयोजनार्थ स्वयंसेवक भर्ना गर्ने भएको छ।

बिश्वब्यापि महामारिको रुपमा फैलिएको कोरोना भाईरसका कारण देश ब्यापी ‘लक डाउन’ गरिएपछी हतुवागढी गाउँपालिकाले तराईबाट हतुवागढी प्रबेश गर्ने मुख्य नाकाहरुमा कडाइका साथ मानविय आवागमनलाई बन्देज गरेको छ। सोही प्रयोजनार्थ अरुण र दुधकोशी नदिमाथिका झोलुङ्गे पुलहरुमा सुरक्षाकर्मी सहितको नियन्त्रण टोलि राख्ने गाउँपालिका अन्तर्गतको Rapid Response Team को निर्णय अनुसार स्वयंसेवक परिचालन गर्न लागिएको हो।

हिजो चैत २५ गते हतुवागढि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खतिवडाद्धारा हस्ताक्षरित सुचना अनुसार चैत २५ गते बसेको RRT को बैठक निर्णय अनुसार हतुवागढि वडा नम्बर ६ स्थित (अरुणनदिमाथी) सुनबालुवा र लामेबगर पुल, वडा नम्बत ७ स्थित भँगालेटार र वडा नम्बर ९ स्थित (दुधकोशी नदिमाथी) मचुवा, सिम्ले र चुहारबाट हुने अनुमती बाहेकको आवागमनलाई बन्द गर्ने कार्यका लागि न्युनतम सेवा सुबिधामा स्वयंसेवा गर्न ईच्छुकहरुका लागि दरखास्त दिन आह्वान गरिएको हो। प्रकाशित सुचना अनुसार बिगतको निर्वाचनहरुमा म्यादी प्रहरिका रुपमा काम गरेका वा विभिन्न सुरक्षा निकायमा काम गरि अवकाश भई हाल शारिरिक रुपमा तन्दुरुस्त नेपाली नागरिकहरुले चैत २६ गते बेलुकी ५ बजेभित्र नागरिकताको फोटोकपी सहित गाउँपालिकाको कार्यालयमा दरखास्त पेश गर्नुपर्नेछ।

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईका अनुसार उल्लेखित नाकाहरुलाई कडाईका साथ बन्द गर्नुपर्ने तथा त्यसका लागि नेपाल प्रहरिसंग पर्याप्त जनशक्ती नभएका कारण स्वयंसेवक भर्ना गर्नुपरेको हो। उहाँका अनुसार पहिलोपटक ६ जना स्वयंसेवक नियुक्त गरिनेछ भने आवस्यक्ता र प्रभावकारिता अनुसार अन्य थप गर्न समेत सकिनेछ। साथै उपरोक्त नाकाहरु केवल हतुवागढी मात्रै नभएर भोजपुर जिल्लाको आमचोक, रामप्रसाद राई, टेम्के मैयुङ्ग गाउँपालिकाहरु तथा भोजपुर नगरपालिका एवं आमचोक गाउँपालिकासंग सिमाना जोडिएको खोटाङ्गका गाउँपालिकाहरुका बासिन्दा समेत यिनै नाकाहरुबाट आवत जावत गर्ने भएकोले प्राथमिकताका साथ कडाई गर्न लागिएको अध्यक्ष राईले बताउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: