Friday, May 29, 2020
Home > प्रमुख > आजदेखी घोडेटार बजार पुर्ण रुपमा बन्द : राहतबाट बञ्चित हतुवागढिका नागरिकलाई गाउँपालिकामा सम्पर्क गर्न अनुरोध

आजदेखी घोडेटार बजार पुर्ण रुपमा बन्द : राहतबाट बञ्चित हतुवागढिका नागरिकलाई गाउँपालिकामा सम्पर्क गर्न अनुरोध

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सरकारबाट जारी मापदन्ड अनुसारको सहयोग प्राप्त गर्न बञ्चित भएको भए सो प्रयोजनका लागि गाउँपालिकाको सुचना सहायता कक्षको ९८५२०८२१०० नम्बरमा टेलिफोन गर्न सकिने जनाईएको छ।

हतुवागढी, ६ बैशाख। बिश्वब्यापी महामारिको रुपमा फैलिरहेको COVID19 (कोरोना भाइरस) को संक्रमणले छिमेकी जिल्ला उदयपुरमा एकै दिन १२ जनामा संक्रमण पुष्टि भए संगै भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटार बजार पुर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ।

घोडेटार उद्योग बाणिज्य संघद्धारा जारी सुचना।

भोजपुर उद्योग बाणिज्य संघको घोडेटार शाखा र शाखा अन्तर्गत बनेको बजार ब्यबस्थापन तथा अनुगमन समितिको हिजो बैशाख ५ गते बसेको बैठकले आज बैशाख ६ गतेदेखी आगामी १५ गतेसम्म लागू हुने गरि घोडेटार बजार क्षेत्र भित्रका सम्पुर्ण पसल, होटल तथा अन्य ब्यबशायहरु पुर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको कुरा संघको घोडेटार शाखाका कार्यबाहक अध्यक्ष भिमबहादुर प्रधानद्धारा जारी सुचनामा उल्लेख गरिएको छ।

सुचना अनुसार सो को कार्यान्वयन तथा अनुगमनका स्थानिय प्रहरी प्रशासनलाई सुम्पने तथा दैनिक उपभोग्य सामग्रीहरुको मात्र आयात गरि स्थानिय सरकारको निर्देशन र सिफारिस अनुसार बिक्री बितरण गरिनेछ।

गाउँपालिकाद्धारा जारी सुचना

त्यस्तै गरि हतुवागढी गाउँपालिकाले एक सुचना जारी गर्दै नेपाल भित्रका विभिन्न स्थानमा रहेका हतुवागढिका नागरिकहरुलाई “जो जहाँ छ, त्यहिँ” भन्ने नीति अनुसार कतै अलपत्र वा बिचल्ली वा समस्याग्रस्त अवस्थामा रहेको एवं तत् तत् ठाउँको सम्बन्धित निकायसंग सम्पर्क र सुचनाको पहुँच नपुगेको कारण सरकारबाट जारी मापदन्ड अनुसारको सहयोग प्राप्त गर्न बञ्चित भएको भए सो प्रयोजनका लागि गाउँपालिकाको सुचना सहायता कक्षको ९८५२०८२१०० नम्बरमा टेलिफोन गर्न सकिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *