Friday, May 29, 2020
Home > प्रमुख > RDT जाँचमा हतुवागढिका एक युवामा कोरोना ‘पोजिटिभ’

RDT जाँचमा हतुवागढिका एक युवामा कोरोना ‘पोजिटिभ’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हतुवागढी, ९ बैशाख। COVID19 (कोरोना भाईरस) ले विश्व ब्यापी आतंक मच्याईरहँदा गत चैत ११ गतेबाट नेपाल सरकारले लागू गरेको ‘लकडाउन’ कै क्रममा भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकाको एक जना युवामा RDT जाँच गर्दा आज कोरोना संक्रमण ‘पोजिटिभ’ देखिएको कुरा भोजपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरिले जानकारी गराउनुभएको छ।

बैदेशिक रोजगारिका क्रममा साउदी अरेबियामा रहेका हतुवागढी गाउँपालिकाको होम्ताङ्ग निबासी २६ बर्षिय ती युवा गत फागुन ३० गते साउदिबाट काठमाडौ आईपुगेको बताईएको छ। काठमाडौबाट भने उनी चैत ०९ गते मात्रै हतुवागढी आईपुगेका थिए।

काठमाडौबाट घर आईपुगेपछी Home Quarantine मा रहेका उनलाई RDT मा ‘पोजिटिभ’ पाईएपछी प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारको ‘आईशोलेशन’ मा राखिएको कुरा हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभएको छ।

अध्यक्ष राईका अनुसार ती युवाको ‘स्वाब’ संकलनका लागि जिल्ला स्वास्थ्य कार्यालय भोजपुरबाट चिकित्सकको टोलि हतुवागढितर्फ प्रस्थान गरिसकेको छ भने संकलन पश्चात् परिक्षणका लागि तत्काल धरान स्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *