Friday, May 29, 2020
Home > कविता > कविता : भ्रम

कविता : भ्रम

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

संगीत मगर – दाङ्

व्यस्त बजार भन्दा प…रको क्याफेमा
भयो केही यस्तो की
रोकियो नजर अनायासै तिमीमा
मैले देखेँ-
सिर्फ तिमीलाई देखेँ।


मुस्कुरायौ तिमी
चिरपरिचित मुस्कुरायौ
सबै-सबै सुन्दरताहरु
आकर्षणहरु अनुहारमा लिएर मुस्कुरायौ।
सामुन्ने थियौ तिमी
म स्पष्ट देख्दथेँ


खैरा ति आँखाहरु -ठोक्किएर यि आँखासँग
तेज भइदियो मुटुको गति।
मैले हात बढाएँ
तिमी तिर हात बढाएँ
-उत्सुक्ताले
-उमङ्गले
-बेहद अनुरागले


हात ठोक्किएपछि पो थाहा पाएँ
हाम्रो बिचमा त सिसा पो रहेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *