Tuesday, August 11, 2020
Home > प्रमुख > RDT मा Positive देखिएका युवामा कोरोना संक्रमण पुष्टि भएपछी हतुवागढीका स्थानिय तनावमा

RDT मा Positive देखिएका युवामा कोरोना संक्रमण पुष्टि भएपछी हतुवागढीका स्थानिय तनावमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हतुवागढी, १२ बैशाख। RDT मा कोरोना पोजिटिभ देखिएको हतुवागढिका एक युवाको स्वाब परिक्षणमा पनि कोरोना भाईरस संक्रमणको पुष्टि भएपछी हतुवागढिका स्थानिय तथा ती युवाले यात्रा गरेको ठाउँका मानिसहरुमा त्रास उत्पन्न भएको छ।

बैदेशिक रोजगारमा रहेका हतुवागढी ६ होम्ताङ्गका ती युवा गत फागुन ३० गते साउदी अरबबाट नेपाल आईपुगेका थिए। काठमाडौ ओर्लिएपछी सोही दिनको रात्री बस चढेर उनी पुर्ब हान्निए। उनकी श्रीमती चतरामा बस्ने भएकोले चैत ८ गतेसम्म श्रीमती सहित उनी पुर्वका विभिन्न ठाउँहरुमा पुगेको बताईन्छ। चतराबाट धरान, ईटहरी, झुम्का लगायतका ठाउँहरुमा पुगेका उनी चैत ८ गते नै ससुराली गाउँ उदयपुर जिल्लाको बेलका नगरपालिका स्थित मैनामैनी पुगेका थिए। ससुरालिमा पनि विभिन्न ठाउँमा भेटघाट तथा जमघटमा सरिक भएका उनी नेपाल सरकारले Lock Down शुरु गरेको (चैत ११) ३ दिनपछी चैत १४ मा मात्रै हतुवागढिका लागि हिँडेको मैनामैनिका स्थानियहरुको भनाई रहेको छ।

यता हतुवागढी ६ स्थित ती युवाको गाउँमा पनि उनी विभिन्न गतिबिधी र जमघटमा ब्यस्त भएको स्थानियहरु बताउँछन्। उनी आएपछी गाउँमा सम्पन्न बिबाह भोजमा सहभागी भएको तथा नियमित भलिबल खेल्ने गरेको उनिहरुको भनाई छ।

केही दिन अघि मात्रै हतुवागढिमा जम्मा १२ वटा RDT Keat आईपुगेपछी गत मंगलबार RDT शुरु गरिएको थियो। पहिलो दिन बैदेशिक रोजगारिबाट आएका मध्ये ४ जनाको परिक्षण गरिएकोमा २६ बर्षिय ती युवाको नतिजा पोजिटिभ आएको थियो भने बुधबार स्वाब संकलन गरि PCR परिक्षणका लागि धरान स्थित बिपि कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठान पठाईएको थियो। पछिल्लो एक महिनामा हतुवागढिभित्रका ११ जना ब्यक्तिहरु बिदेशबाट गाउँ भित्रीएको कुरा गाउँपालिकाले जनाएको छ। बुधवार भने संक्रमित युवालाई मैनामैनिबाट घरसम्म पुर्‍याउने मोटरसाईकल चालक सहित बिदेशबाट आईपुग्ने बाँकी अन्य सबैको RDT गरिएकोमा सबैको परिक्षण Negative देखिएको गाउँपालिकाले बताएको छ, भने उता मैनामैनिमा रहेको उनको ससुराली परिवारको समेत RDT मा Negative देखाएको बताईएको छ।

अहिलेसम्म नेपालमा कोरोना भाईरसबाट संक्रमितको संख्या ४८ जना पुगेको छ भने ती मध्ये ९ जना निको भएर घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: