Friday, May 29, 2020
Home > प्रमुख > स्वास्थ्य सामग्री सहित मुख्यमन्त्री राई हतुवागढी यात्रामा

स्वास्थ्य सामग्री सहित मुख्यमन्त्री राई हतुवागढी यात्रामा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हतुवागढी, १३ बैशाख। नेपालमा कोरोना संक्रमणको इपिसेन्टर बनेको उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्के र एक जना संक्रमित देखिएको भोजपुरको हतुवागढीमा आज प्रदेश नम्बर १ का मुख्यमन्त्री सहितको एक टोली हेलिकप्टर मार्फत पुग्ने भएको हो।

नेपाली सेनाको हेलिकप्टरमार्फत मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे , कानून तथा गृहमन्त्री हिक्मत कार्की र डाक्टरहरुको टोली ती क्षेत्रमा पुग्ने बताईएको छ । हतुवागढी मुख्यमन्त्री राईको निर्वाचन क्षेत्र पनि हो ।

हतुवागढी गाँउपालिकाका प्रशासकीय अधिकृत मणिराम खतिवडाका अनुसार वडा नम्बर ६ का संक्रमित युवालाई जिल्ला अस्पताल भोजपुरको एम्बुलेन्समा राखि आजै बिराटनगरको कोशी अञ्चल अस्पताल पठाइएको छ ।
हिजो शुक्रबार ती युवाको नजिक भएका ७ जनाको RDT गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको खतिवडाले बताउनुभयो । किटको अभावले १४ जनालाई PCR परिक्षणमा लागि वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको उहाँको भनाई छ । ती १४ जना संक्रमितहरु युवाको धेरै नजिक भएका व्यक्ति भएको बताईएको छ।

मुख्यमन्त्री सहित आज हतुवागढीमा थप स्वास्थ्य सामाग्री र टेष्ट किट आउने बताउँदै खतिवडाले टेष्ट किट आएपछि सो वडाका थप व्यक्तिहरुमा टेष्ट गरिने उल्लेख गर्नुभयो । “हिजोमात्रै ८० भन्दा बढीको लिष्ट तयार भएको बताइएको छ । संभावित खतराबाट बच्न सकेसम्म धेरैको टेष्ट गरिने गाँउपालिका कार्यालयको तयारी छ।” खतिवडाले थप्नुभयो । २६ बर्षीय युवामा संक्रमण देखिएपछि वडा नम्बर ६ पूर्णरुपमा सिल गरिएको छ । अन्य वडाहरुले समेत नाका बन्द गरिएको सुचना जारी गरि आवतजावतमा पूर्ण प्रतिवन्ध लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *