Friday, May 29, 2020
Home > प्रमुख > स्वास्थ्य सामग्री सहित मुख्यमन्त्री शेरधन राई हतुवागढिमा

स्वास्थ्य सामग्री सहित मुख्यमन्त्री शेरधन राई हतुवागढिमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रविन थापा “बगाले

हतुवागढी, १३ बैशाख। बिश्वब्यापी महामारिको रुपमा फैलिरहेको COVID19 (कोरोना भाईरस) को संक्रमण हतुवागढिमा समेत भेटिएपछी सृजित त्रसित अवस्थामा आज प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई प्रदेश सामाजिक बिकास मन्त्री जीवन घिमिरे तथा प्रदेश गृह तथा कानुनमन्त्री हिक्मत कार्किलाई लिएर हतुवागढी पुग्नुभएको छ।

नेपाली सेनाको पुर्बी पृताना ईटहरिका पृतनापती सहित नेपाली सेनाको हेलिकोप्टरबाट अत्यावस्यक स्वास्थ्य सामग्री सहित पुगेको सो टोलि सहित हतुवागढिमा अवस्थित नेपाली सेनाको फर्स्ट राईफल गणको परिसरमा भोजपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख, हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, घोडेटार उद्योग बाणिज्य संघका प्रतिनिधिहरु, वडाध्यक्षहरु लगायतको उपस्थितिमा छोटो र सामुहिक छलफल चलेको थियो।

सो अनौपचारिक छलफलको क्रममा मुख्यमन्त्री राईले गाउपालिका अध्यक्ष प्रेमकुमार राईलाई थर्मगन ४ थान, PPE १० थान, N –95 मास्क ५० थान, सेनिटाइजर ६० थान, पञ्जा एक जहार थान, भिटिएम र आरडीटी किट १००/१०० थान लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो। सो अवसरमा बोल्दै मुख्यमन्त्री राईले कोरोना भाईरस नियन्त्रणका लागि प्रदेश सरकार पुर्ण रुपमा सक्रिय रहेको तथा नियन्त्रणका सबै उपायहरु अपनाईरहेकोले सबैले तोकिएको विधि र उपायलाई पालना गरि सहयोग गर्न आग्रह गर्नुभयो। उहाँले जोड्नुभयो, “केन्द्र, प्रदेश र स्थानिय सरकारका बिच पुर्ण रुपमा समन्बय गरि लकडाउनलाई कुन प्रकारले सहज बनाउने भन्नेमा सल्लाह भईरहेको छ।” साथै उहाँले Frontline मा कार्यरत स्वास्थ्यकर्मिहरुलाई सत प्रतिशत भत्ता र संक्रमण जोखिमका खातिर ५० लाखसम्मको बिमाको ब्यबस्था गरिएको बताउँदै उहाँले श्रम र मजदुरी गरेर जिविकोपार्जन गर्नुपर्नेहरुको लगत संकलन र पहिचान गरि उनिहरुको जिविकाको ग्यारेन्टी गरिने पनि उल्लेख गर्नुभयो।

त्यस्तै गरि सामाजिक बिकासमन्त्री जीवन घिमिरेले आकस्मिक रुपमा आईपरेको संकटको यो अवस्थालाई जुटेर सामना गरिरहेको बताउँदै कोरोना संक्रमणको अवस्थालाई Tracking, Testing र Treatment प्रणालिका आधारमा पहिचान गरिरहेको बताउनुभयो। उहाका अनुसार हतुवागढिका संक्रमित युवा आज बिराटनगर स्थित कोशी अञ्चल अस्पताल पुगिसकेको र उनिसंग बाँकी बिबरण लिएर Social Tracking, Testing गरिने बताउनुभयो। त्यस्तै कानुन तथा गृहमन्त्री हिक्मत कार्किले लकडाउन भनिएपनी काठमाडबाट दशैँमा जस्तै मानिसहरु गाउँ आईरहेकोले त्यस्तालाई बिच बाटोमा रोकेर राख्न नसकिने भन्दै भोजपुरभरिमा तयार गरिएको ४४० वटा क्वारेन्टाईन स्थलहरुमा ब्यबस्थित ढंगले पुर्‍याउने ब्यबस्था मिलाउन प्रमुख जिल्ला अधिकारिलाई निर्देशन दिनुभयो।

हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले भने केन्द्र, प्रदेश र स्थानिय सरकारका बिच लकडाउनका बिषयमा केही तालमेल नमिलेको हो कि भन्ने गुनासो ब्यक्त गर्नुभयो। उहाँका अनुसार पुर्णरुपमा लकडाउन गरिने भनेर गाउँपालिकाले सबै नाकाहरु बन्द गर्छ उता केन्द्र सरकारले गाडी रिजर्व गरेर जिल्ला जिल्लाका मान्छेहरुलाई पठाउँछ। त्यस्तो अवस्थामा नाकामा रोकेर आफ्नो गाउँ प्रबेश गर्नै नदिने भन्ने कुरा पनि रहेन। उहाँको थप भनाई थियो, “यो बिषयमा मुख्यमन्त्री तथा मन्त्री ज्यूहरुको ध्यानाकर्षण होस भन्न चाहन्छु।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *