Tuesday, August 11, 2020
Home > प्रमुख > हतुवागढिमा कोरोना संक्रमित युवाका १४ जना आफन्तको PCR नतिजा Negative : संक्रमित युवाको गाउँमा नेपाली सेनाको गस्ती

हतुवागढिमा कोरोना संक्रमित युवाका १४ जना आफन्तको PCR नतिजा Negative : संक्रमित युवाको गाउँमा नेपाली सेनाको गस्ती

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रबिन थापा “बगाले”

हतुवागढी, १५ बैशाख। बैशाख ९ गते मंगलबार हतुवागढिमा गरिएको RDT मा कोरोना भाईरस देखिएपछी धरान स्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा स्वाब परिक्षण गर्दा समेत कोरोना संक्रमण पुष्टि भएका तथा  हतुवागढी ६ होम्ताङ्गका यूवाका सबै भन्दा नजिक रहेका परिवार सहित १४ जनाको PCR टेष्ट गरिँदा सबैको नतिजा Negative आएको छ।

कोरोना संक्रमीत पुष्टि भएका २६ बर्षीय यूवासंग नजिक र धेरै सम्पर्कमा रहेका उनका परिवार सहित जम्मा १४ जनाको थ्रोट स्वाब नमुना संकलन गरी हिजो गरिएको PCR परिक्षणमा सबैको नतिजा सुखद आएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह-प्राध्यपक डा. असोक ऐरले जानकारी गराउनुभएको कुरा ईपोष्ट टाईम्सले जनाएको छ ।

बैदेशिक रोजगारिबाट काठमाडौ, धरान, चतरा, झुम्काय ईटहरी घुम्दै उदयपुरको मैनामैनी पुगेर हतुवागढी भित्रीएक ती युवामा कोरोना भाईरसको संक्रमण पुष्टि भएपछी उनी पुगेको ठाउँका मानिसहरु त्रसित भएका थिए। उनको घर भएको हतुवागढी गाउँपालिका वडा नम्बर ६ होम्ताङ्गको वडा कार्यालयले आफ्नो वडामा पुर्ण रुपमा मानविय आवतजावतलाई निषेध गरेको छ। स्थानियहरुलाई ब्यबस्थित रुपले  Lock Down को पालना गराउन गाउँपालिकाको समन्बयमा हतुवगढी घोडेटारमा अवस्थित नेपाली सेनाको फर्स्ट राईफल गणको सहयोग लिएको छ। सो ईलाकामा हिजैदेखी नेपाली सेनाको नियमित गस्ति शुरु गरिएको छ। उक्त क्रम सरकारले Lock Down जारी राखेसम्म नियमित रहने बताईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: