Friday, May 29, 2020
Home > कविता > कविता : कोरोनावतार

कविता : कोरोनावतार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बिरेन्द्र अब्जस
टिस्टाभेल्ली , दार्जिलिङ

बिचरा हाम्रो अहँम र घमण्डहरु
सभ्यता र बैभवहरु
स्वतंत्रता र लक्ष्यहरु
हाम्रो साहस र कर्महरु
अहिले हाम्रै हातमा छन् कि छैनन्
हाम्रै साथमा छन् कि छैनन्
यी हाम्रो स्वत्वहरु
हारिरहेका छन् कि जितिरहेका छन् हामीसंगै?


यति बेला हाम्रो आँखाका शंकाहरुमा
मुटुका ढुकढुकीहरुमा
छातिका भरोषाहरुमा
हत्केलाका रेखाहरुमा
मष्तिष्कका नशा-नशामा
हाम्रो भाग्यका फैसलाहरुमा
आज कसैको आधिपत्य छ कि छैन?


आजसम्मै हामीले मान्दै आएका
हाम्रो संसार र बँचाईहरु
सोंचाई र प्रगतिहरु
हाम्रो सिधान्त र मान्यताहरु
अन्त्य र मुक्तिहरु
आज कसैको त्रास भन्दा पर
सत्य र अजेय छ कि छैन?


येसैले मलाई घेरिरहेछ शंकाहरुले–
हामीलाई मान्छेको अर्थ बुझाउँन्
मान्छेको कर्म सिकाउँन्
हामीलाई मान्छेको धर्म सम्झाउँन्
त्यो भन्दा अझ माथि
हामीलाई मान्छेको औकात देखाउँन्
आएका छन् कोही–
नयाँ युगको आरम्भ गर्न
नयाँ सोंच र चेतना भर्न
ईश्वर जस्तै अदृष्य
त्यो निराकार कोरोनावतार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *