हतुवागढी, २३ बैशाख। बिश्वब्यापी महामारिको रुपमा फैलिएको कोरोना भाईरस (VOVID19) का कारण गत चैत ११ गतेबाट नेपाल निरन्तर Lock Down मा छ। यसै बिच नेपालभर कोरोना भाईरसको स्थितीको चार वटा सुचक सहित नेपाल सरकारद्धारा गठित “कोरोना भाईरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिती” मा सुरक्षा निकायद्धारा रणनैतिक सुझाव पेश गरिएको छ। जस अनुसार न्यून जोखिमयुक्त क्षेत्र, सामान्य जोखिमयुक्त क्षेत्र, उच्च जोखिमयुक्त क्षेत्र र अति उच्च जोखिमयुक्त क्षेत्र तोकिएको छ।

उक्त सुझाव अनुसार प्रदेश नम्बर १ मा भने प्रदेश राजधानी रहेको मोरङ्ग जिल्ला सहित ८ वटा जिल्लालाई उच्च जोखिमयुक्त क्षेत्रको सुचिमा राखिएको बताईएको छ। पछिल्लो पटक थपिएको समय सिमा अनुसार वैशाख २५ गतेसम्मको लकडाउन सकिने मिति नजिकिएसँगै प्रदेश १ का यी जिल्लाहरूलाई उच्च जोखिमयुक्त क्षेत्रमा सुचिकृत गरिएसंगै त्रासको माहोल थपिएको छ।
सुरक्षा स्रोतका अनुसार उच्च जोखिमयुक्त क्षेत्रमा पर्ने प्रदेश नम्बर १ का जिल्लाहरुमा सुनसरी, मोरङ, झापा, उदयपुर, इलाम, ताप्लेजुङ, तेह्रथुम र भोजपुर रहेका छन् । यी जिल्ला जिल्ला बाहेक धनकुटा, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा सामान्य जोखिममा रहेका छन भने हिमाली जिल्ला सोलुखुम्बुलाई न्यून जोखिममा राखिएको छ ।
उल्लेखित ८ जिल्लामा थप १५ दिनसम्म लकडाउन जारी गर्न उपयुक्त हुने उच्च स्तरीय समितिको सुझाव रहेको बताईएको छ । समितिले उच्च जोखिममा परेका जिल्लाहरूमा तत्कालै RDT भन्दा PCR प्रविधिबाट कोरोनाको सङ्क्रमणको टेस्ट थाल्नु पर्ने राय पनि दिएको छ । सो प्रस्ताव मन्त्रि परिषद बैंठकमा पेश गरिने र सो बैंठकबाट निर्णय हुने बताइएको छ ।
उच्चस्तरीय समितिमा सुरक्षा निकायले पेस गरेको रणनीतिक राय सुझावमा उच्च जोखिममा परेका जिल्ला भित्र रहेका मुख्य सङ्क्रमित स्थानलाई हट स्पट तोकेर पूर्ण लकडाउन पालना गर्ने र त्यस्ता हट स्पटलाई पनि पूर्ण रूपमा सिलबन्दी गर्नुपर्ने उल्लेख छ ।
सामान्य जोखिममा पर्ने जिल्लामा आंशिक लकडाउन जारी राख्ने तर उच्च जोखिम क्षेत्रमा पर्ने जिल्लाबाट ती जिल्लामा प्रवेश निषेध गर्नुपर्ने सुझाईएको छ ।
त्यस्तै न्यून जोखिममा लकडाउन खुकुलो पार्ने र सामाजिक दुरी कायम हुने गरी गतिविधि जारी राख्ने तर उच्च जोखिम र सामान्य जोखिमयुक्त क्षेत्रबाट यस जिल्लामा प्रवेश निषेध गराउने विषयमा सरकार समक्ष छलफल हुने बताईएको छ।