Tuesday, August 11, 2020
Home > प्रमुख > हतुवागढिमा निरन्तर बिद्युत आपुर्ती बन्द हुँदा सेवाग्राही आक्रोशित

हतुवागढिमा निरन्तर बिद्युत आपुर्ती बन्द हुँदा सेवाग्राही आक्रोशित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रबिन थापा “बगाले”

हतुवागढी, २४ बैशाख। लामो समयको प्रयास पस्चात गत बर्ष मात्रै बिद्युत बिस्तारले पुर्णता पाएपछी उत्साहित हतुवागढिका नागरिकहरु निरन्तर बिद्युत सेवा अवरुद्ध भईरहँदा भने मारमा परेका छन्।

नेपाल बिद्युत प्राधिकरणले लोड शेडिङ्ग नहुने तथा बिद्युतको खपत बढी गर्न जोड गरिरहेको अवस्थामा हतुवागढिमा भने यसको उल्टो भईरहेको छ। स्थानियहरुका अनुसार बिद्युत सेवा गत असार-साउन महिनादेखी नै अनियमित हुँदै आएको हो। उनिहरुका अनुसार यसको दीर्घकालिन समाधानमा स्थानिय सरकार तथा सम्बन्धित कसैले पनि आवस्यक ध्यान दिएका छैनन्।

नेपाल बिद्युत प्राधिकरणको भोजपुर बितरण केन्द्रबाट बितरित बिद्युतको बिद्युतिय तारहरु टाँग्नका लागि गाडिएका खम्बाहरु मजबुत र दीर्घकालिन नहुँदा सामान्य हावाहुरिमा समेत सेवा अवरुद्ध हुने गरेको छ। सेवाक्षेत्रभित्र कमजोर खम्बा तथा अब्यबस्थित तार टँगाईले गर्दा दुर्घट्नाका जोखिमहरु समेत बढिरहेका छन्। खम्बाहरु नुँगिएका, बाङ्गिएका तथा तारहरु राम्ररी नतानिएका वा लत्रीएका र कतै कतै बोट बिरुवाहरुसंग छोईएका तथा भुइँमा छोईन खोजेका समेत भेटिन्छन। यी समस्याहरुको यथाशिघ्र ब्यबस्थापन नगरिए बिद्युतिय दुर्घट्ना निम्तिने तर्फ पनि स्थानियहरु त्रसित छन्।

उल्लेखित समस्याहरुका बारेमा बिद्युत प्राधिकरणको भोजपुर बितरण केन्द्रमा गुनासो गर्दा ‘मर्मत भईरहेको’ भन्ने पुरानै उत्तर मात्रै नियमित रुपमा दोहोरिने गरेको उद्योग बाणिज्य संघ घोडेटार शाखाले जनाएको छ। घोडेटार बजारका स्थानिय ब्यबशायी हरिबहादुर श्रेष्ठको गुनासो छ, “बिद्युत अवरुद्ध हुँदा उज्यालोको समस्या मात्र नभएर टेलिफोन, ईन्टरनेट तथा अन्य बिद्युतिय मेशिनद्धारा गरिने ब्यबशायिक र ब्यक्तिगत कामहरु रोकिएका छन्। बरु बिद्युत सुबिधा नहुँदा हामी आफ्नै तरिकाले ब्यबस्था गरेर ब्यबशाय चलाईरहेका थियौँ। यो त सुबिधाको नाममा अझ धेरै असुबिधा भईरहेको छ।” अर्का ब्यबशायी रमेश कार्किलाई भने मासिक दुई हप्ता भन्दा बढी बिद्युत अवरुद्ध हुँदा पनि यो बिषयमा ‘कुरा बिक्ने’ कसैले पनि पहल गरे जस्तो लाग्दैन।

बिद्युत आपुर्ती नियमित नहुँदा नेपाली सेनाको फर्स्ट राईफल गण, हतुवागढी गाउँपालिका वडा नं. ५, ६ घोडेटार बजार र बजार नजिकैका हतुवा, सल्लेका नागरिकहरु उज्यालोबाट बञ्चित त भएकै छन अझ घोडेटार बजारमा सञ्चालित विभिन्न ब्यबशाय र सरकारी कार्यालय, स्वास्थ्य संस्था एवं दुरसञ्चार सेवा प्रदायक माध्यमहरु आदिमा गम्भीर असर पर्ने गरेको छ। घोडेटार बजारमा बिद्युतबाट चल्ने मकै, धान, मसला मिल तथा फर्निचर मिल लगायत अन्य घरेलु ब्यबशाय तथा फोटो स्टुडियो, कम्प्युटरजन्य ब्यबशायहरुलाई प्रत्यक्ष असर पुगेको छ। त्यस्तै गरि नेपाल टेलिकमको टावरमा बिद्युत आपुर्ती नहुँदा मोबाईल तथा ADSL ईन्टरनेट र Lane Line टेलिफोन समेत अवरुद्ध भई हतुवागढी सञ्चार सपर्कबाट समेत बिच्छेद हुनु परिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: