Friday, May 29, 2020
Home > कविता > कविता : बुर्लुम्मै ढली जाने रहरहरु

कविता : बुर्लुम्मै ढली जाने रहरहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मिन थापा मगर ( वहाली )

सपनाका नयाँ पालुवाहरु
मुस्कुराउने हजार सपनाहरु
बुर्लुम्मै ढली जाने रहरहरु ।


टेको छैन यहाँ
पलभरमै खुशी
पलभरमै पिडा
मडारिने त्यो कालो बादल
भारोसा छैन यहाँ
न हावाहुरी
न बर्षात


रसभरि ती आश्वासनहरु
कोल्टिन्छ यहाँ
क्षणिक प्यार
क्षणिक तमशा
सपनाका नयाँ पालुवाहरु
मुस्कुराउने हजार सपनाहरु
बुर्लुम्मै ढली जाने रहरहरु…

रिसिङ्ग – २ तनहुँ
हाल : जापान

Leave a Reply

Your email address will not be published. Required fields are marked *