Tuesday, August 11, 2020
Home > प्रमुख > हतुवागढिमा आँखा उपचार केन्द्र स्थापना हुँदै

हतुवागढिमा आँखा उपचार केन्द्र स्थापना हुँदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हतुवागढी, २५ जेठ। हतुवागढी गाउँपालिका र नेपाल नेत्रज्योति संघ भाेजपुर वीच “हतुवागढी अाँखा उपचार केन्द्र, घाेडेटार भाेजपुर” स्थापना गरि संचालन गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

गत जेठ २३ गते हतुवागढी गाउँपालिकाको कार्यालय घोडेटारमा दुबै पक्षले अा-अाफ्नाे पक्षबाट गर्ने जिम्मेवारी सहितको सम्झौतामा हस्ताक्षर भएको हो। जिल्लामा अहिले सदरमुकाममा मात्रै याे उपचार केन्द्र र सेवा सञ्चालनमा छ। याे केन्द्रबाट अाँखाकाे उपचार, चेकजाँच, अाैषधि, पावर जाँच अनुसार चश्मा दिने, चश्मा बनाउने र अावश्यकतानुसार विशेषज्ञहरू ल्याएर प्रायाेजक खाेजी गरी शिविर संचालन गर्ने, जटिल समस्या देखिए सुविधा सम्पन्न अस्पतालमा रेफर गर्ने काम गरिने बताईएकोछ।

गाउँपालिका र नेपाल नेत्रज्योती संघ भोजपुर बिच सहमति पत्रमा हस्ताक्षरपछी।

हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईका अनुसार केन्द्रमा तत्काल नेत्र सहायक (अाँखा सम्बन्धि अध्ययन गरेकाे हे.अ.) १ जना र अाई वर्कर सहयाेगी १ गरि २ जना स्टाफ रहनेछन्। उहाँका अनुसार हाललाई प्राथमिक स्वास्थ्य केन्द्र घाेडेटारमा नै अस्थायी रुपमा आँखा उपचार केन्द्र पनि स्थापना गर्ने तयारी गरिएको छ । अावश्यक सबै उपकरण व्यवस्था गर्न प्रदेश सरकारबाट २५ लाख गाउँपालिकाकाे खातामा जम्मा भईसकेकोले समिति बनाई उक्त काम गरिने तयारी गरिएकोछ। कर्मचारी ब्यबस्थापनकाे लागि नेत्रज्योति संघ र गाउँपालिकाले माग गरेपछि नियमित रुपमा ५ लाख रुपैँया वार्षिक रुपमा सरकारले दिने र अन्य अार्थिक ब्यबस्था गाउँपालिकाले गर्ने तयारी रहेको अध्यक्ष राईको भनाई छ। त्यस्तै गरि तालिम, शिविर संचालन, विशेषज्ञ, प्रायोजककाे खाेजी भने नेत्रज्योति संघले गर्नेछ।

याे केन्द्र ब्यबस्थित सञ्चालन भएमा हतुवागढी, अामचाेक, रामप्रसाद राई, पाैवादुङमा गाउँपालिका तथा खाेटाङका केही भागका नागरिक प्रग्यक्ष रुपमा लाभान्वित हुनेछन्। केन्द्र स्थापनार्थ सम्झौतापत्रमा गाउँपालिकाको तर्फबाट अध्यक्ष प्रेमकुमार राई एवं नेपाल नेत्रज्योती संघ भोजपुरका तर्फबाट तेज मोक्तानले हस्ताक्षर गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: