Wednesday, July 8, 2020
Home > प्रमुख > हतुवागढिमा Lock Down खुकुलो पारिँदै

हतुवागढिमा Lock Down खुकुलो पारिँदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हतुवागढी, २६ जेठ। बिगत छ महिनादेखी बिश्वब्यापी महामारिका रुपमा फैलिएको कोरोना भाईरसको कारण नेपाल पनि गत चैत ११ गतेदेखी निरन्तर Lock Down मा छ।

Lock Down का बारेमा विभिन्न प्रतिक्रियाहरु उत्पन्न भईरहेका छन्। दैनिक जनजिवनमा परिरहेको गम्भीर असरका कारण यसको औचित्यमाथी नै सवाल गर्न थालिएको छ। यसै बिचमा हतुवागढी गाउँपालिकामा भने बिकल्प सहित Lock Down लाई क्रमशः खुकुलो बनाउने तयारी गरिएको छ।

हिजो गाउँपालिका अन्तर्गतको Rapid Response Team को बैठक बसि निम्नानुसारकाे निर्णय गरिएको कुरा गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी गराउनुभएको छ।
१) बजार र पसलहरु ११ देखि २ बजेसम्म मात्रै खाेलिने छन।
२) पसलमा अाउने ग्राहक र पसलेले अनिवार्य मास्क र भाैतिक दूरी पालना गर्नुपर्नेछ।
३) प्रत्येक पसलले ग्राहक रहने सिमा रेखा बनाउनु पर्नेछ।
यसैलाई अाधार मानी सबै वडाध्यक्षहरु, जनप्रतिनिधिहरु, टाेल विकास संस्थाहरु, उद्योग वाणिज्य संघ, कर्मचारीहरु, नागरिक समाज, सेवाग्राहीहरुले अा-अाफ्नाे तर्फबाट सूचना सम्प्रेषण र पालना गरिदिन समेत गाउँपालिकाले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *