Wednesday, July 8, 2020
Home > प्रमुख > हतुवागढिमा ३,४३३ परिवारमा राहत बाँडियो

हतुवागढिमा ३,४३३ परिवारमा राहत बाँडियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रबिन थापा “बगाले”

हतुवागढी, ३१ जेठ। बिश्वब्यापी महामारिका रुपमा फैलिरहेको कोरोना भाईरसका कारण नेपाल गत चैत ११ गतेदेखी निरन्तर Lock Down मा छ। सरकारले नागरिकका लागि विभिन्न खाले राहत घोषणा गरि बितरण गरिरहेको छ भने विभिन्न सामाजिक संघ संस्थाले समेत आ-आफ्नै तवरले राहत बितरण गरिरहेका छन्। कतिपय सन्दर्भमा भने लक्ष्यित नागरिकहरुसम्म राहत पुग्न नसकेको गुनासाहरु पनि सार्वजनिक भने भईरहेकै छन्।

यसै बिचमा भोजपुर जिल्लाको दक्षिणी ईलाका हतुवागढी गाउँपालिकाले भने अहिलेसम्म ३ हजार ४ शय ३३ घर परिवारमा राहत स्वरुप नि:शुल्क खाद्यान्न उपलब्ध गराएको छ। राहत बितरणका लागि निश्चित मापदण्ड निर्धारण गरि विभिन्न बर्गमा बिभाजन गरेर राहत बितरण गरिएको गाउँपालिकाले जनाएको छ। डेढ महिना अघि गाउँपालिकाभरिका अशक्त, अपाङ्ग, असहाय तथा एकल महिलाहरुको बर्गिकरण गरि त्यस्ता १ शय ९६ परिवारलाई अत्यावस्यक नुन, तेल र चामल बितरण गरिएको थियो।

पछिल्लो समय राहतका लागि टेण्डर मार्फत खाद्यान्न आपुर्ति गर्नुपरेको तथा Lock Down का कारण सो प्रकृया अझ जटिल बन्न पुगेकोले समयमै राहत बितरण गर्न नसकिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले तयार गरेको राहत बितरण मापदण्ड अनुसार २ जनासम्म सदस्य भएको परिवारमा २५ किलोग्राम चामल र ३ जनाभन्दा बढी सदस्य भएको परिवारमा प्रती परिवार ५० किलोग्रामका दरले चामल बितरण गरिएको हो। जस अनुसार ५ शय ९६ परिवारले २५ किलोग्राम र २ हजार ८ शय ३७ परिवारले ५० किलोग्रामका दरले चामल प्राप्त गरेका छन्।

टेन्डर मार्फत खरिद गरिएको राहत चामलको मूल्य प्रती किलोग्राम ५१ रुपैँया ४५ पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *