काठमाडौ, ३२ जेठ। पुर्बेली लोकलयमा आधारित “चिसो चिसो रातैमा” बोलको गित भर्खरै सार्वजनिक गरिएको छ।
धरान-धनकुटा भेडेटार, माघेनी मेलैमा लागायतका थुप्रै लोकप्रिय गितहरुमा स्वर दिईसकेकी पुर्बेली लोकदोहोरिमा अत्यन्तै रुचाईएकी गायिका लिला राई तथा संगितकर्मी मनोज साङ्सोनको स्वर रहेको यस गितमा सोल्टी र सोल्टिनिका बिच माया-पिरति अनि जीवन दर्शनका सन्दर्भहरु जोडिएका छन्।
बिबेक बाँस्कोटाको शब्द रचना रहेको यस गितलाई गितकार र मनोज साङ्सोन दुबै जनाको मेहनतमा लय सृजना गरिएको छ भने संगित संयोजन मनोज साङ्सोनको रहेको छ। स्टुडियो किङ्गमा शुरेश राईद्धारा रेकर्ड गरि राजु कार्किले ध्वनी मिश्रण तथा सम्पादन गरेको अडियोलाई जस्केलो कृयशनले ग्राफिक एवं भिडियो संयोजन गरेको हो।
स्टुडियो किङ्गको यूट्यूब च्यानलमा सार्वजनिक गरिएको सो गितलाई हेर्न र सुन्नका लागि :