हतुवागढी, ३ असार। हतुवागढी गाउँ कार्यपालिकाले अर्को ब्यबस्था नभएसम्मका लागि सरकारि बिदाको दिन बाहेक दैनिक बिहान ८ बजेदेखी साँझ ६ बजेसम्म दुई शिफ्ट निर्धारण गरि सेवा प्रवाह थालेको छ।
गत असार १ गते प्रमुख प्रशासकिय अधिकृत मणिराम खतिवडाद्धारा जारी सुचना अनुसार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा प्राप्त निर्देशन अनुसार यो ब्यबस्था लागू गरिएको हो। सुचना अनुसार बिहान ८ बजेदेखी दिनको १ बजेसम्म गाउँपालिकाको वडा नम्बर ६, ७, ८ र ९ का सेवाग्राहिले सेवा लिन सक्नेछन भने दिनको १ बजेदेखी साँझ ६ बजेसम्म वडा नम्बर १, २, ३, ४ र ५ का सेवाग्राहिले सेवा लिने ब्यबस्था मिलाईएको छ।
यस बिचमा बिहान १० बजेदेखी १०:३० बजेसम्म खाना खाने र दिनको २:३० देखि ३ बजेसम्म कार्यालयका कर्मचारिहरुले खाजा खाने समय निर्धारण गरिएको छ। सेवाग्राहिहरुले कार्यालयमा प्रबेश गर्दा अनिबार्य मास्कको प्रयोग गर्नुपर्ने, कार्यालय प्रबेशपछी अनिबार्य साबुन पानीले हात धुनुपर्ने, कार्यालय परिसरभित्र भिँडभाड नगरी भौतिक तथा सामाजिक दुरि कायम गर्नुपर्ने शर्तहरु समेत राखिएको छ।