Home > प्रमुख > होम्ताङ्ग सेवा समाज काठमाडौको एम्बुलेन्स हतुवागढी पुग्यो।

होम्ताङ्ग सेवा समाज काठमाडौको एम्बुलेन्स हतुवागढी पुग्यो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हतुवागढी, १८ असार ।होम्ताङ्ग सेवा समाज काठमाडौको पहलमा दाताहरुबाट संकलित रकमबाट खरिद गरिएको एम्बुलेन्स हतुवागढी गाउँपालिकालाई हस्तान्तरणका लागि हतुवागढी पुर्‍याईएको छ।

हतुवागढी गाउँपालिकाको कार्यालय परिसरको पार्किङ्गमा एम्बुलेन्स

भोजपुर जिल्लाको दुर्गम भु-भाग हतुवाक्षेत्रमा सडक यातायात तथा अन्य भौतिक पुर्बाधारहरुको यथोचित सुबिधा नहुँदा आकस्मिक तथा दुर्घट्नाजन्य बिरामिहरुलाई तत्कालै सुबिधा सम्पन्न अस्पतालमा पुर्‍याउन समस्या भईरहेको अवस्थामा निक्कै लामो समय अघिदेखी होम्ताङ्ग सेवा समाज काठमाडौले यो क्षेत्रमा एम्बुलेन्स सेवा प्रवाह गर्ने अठोट सहित काम गरिरहेको थियो। यसका लागि विशेष गरि साविक होम्ताङ्ग गा. बि. स. बाट देश परदेशमा छरिएका ब्यक्तिहरुबाट चन्दा सहयोग संकलन गरिएको थियो।

देशको राजनैतिक संक्रमणकालिन अवस्था, विभिन्न कानुनी उल्झन् लगायतका कारणहरुले समय मै एम्बुलेन्स खरिद गर्न नसकिएपछी विभिन्न कोणहरुबाट सेवा समाजलाई आक्षेपहरु समेत आईलागेका थिए। सेवा समाजका सचिव मनोज साङ्सोन भन्नुहुन्छ, “हामिले जुन उद्देश्यका लागि सहयोग संकलन गरेका थियौँ सोही उद्देश्यमा उपयोग गर्नुपर्ने पक्षमा थियौँ। तर केही साथिहरुले हामिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म समेत पुर्‍याए। यद्यपि हामी आफ्नो कदममा स्पष्ट थियौँ। आज उद्देश्यमा सफल भएका छौँ।”

होम्ताङ्ग सेवा समाज काठमाडौले खरिद गरेको एम्बुलेन्स गाउँपालिकालाई हस्तान्तरण गरिएको बिषयमा सेवा समाजले स्पस्ट गरेको छ, ” हाम्रो संस्थाले एम्बुलेन्स खरिद प्रक्रिया सुरु गरेको समयमा संस्थाले एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था भएको र खरिद गर्ने समयमा उक्त व्यवस्था हटिसकेको कारण हतुवागढी गाउँपालिकालाई हस्तान्तरण गरिएको व्यहोरा अवगत गराइन्छ ।” नेपाल सरकार राजस्व ब्यबस्थापन महाशाखाले बि. सं. २०७६ असार महिनामा गरेको निर्णय अनुसार गैर सरकारी संस्थाहरुले एम्बुलेन्स खरिद गर्दा सम्बन्धित संस्थाले स्थानिय तहलाई सो एम्बुलेन्स हस्तान्तरण गरि सोही निकाय मातहत मात्रै सञ्चालन गरिने भए मात्र एम्बुलेन्स खरिदमा भन्सार छुट दिईने उल्लेख गरिएको छ।

एम्बुलेन्स सेवाबाट हतुवागढी लगायत आमचोक तथा रामप्रसाद राई गाउँपालिकाका बासिन्दाहरु प्रत्यक्ष लाभान्वित हुनेछन्। एम्बुलेन्सलाई कोरोना भाईरसको प्रकोपले गर्दा औपचारिक हस्तान्तरण नगरि यातायात ब्यबस्था कार्यालयमा दर्ता मात्रै गरेर हतुवागढी पुर्‍याईएको कुरा सेवा समाजका सचिव मनोज साङ्सोनले बताउनुभयो। “अनुकुल मिलाएर औपचारिक कार्यक्रम गर्नेछौँ।” उहाँको थप भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: