Home > कला > कला राई र बर्त गन्धर्बको स्वरमा “भोजपुरे चेली” लोकगित सार्वजनिक

कला राई र बर्त गन्धर्बको स्वरमा “भोजपुरे चेली” लोकगित सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भोजपुरे गायिकाहरु कला राई र बर्त गन्धर्वको स्वरमा “भोजपुरे चेली” बोलको गित भर्खरै सार्वजनिक भएको छ ।

बिमल खेवाछालिको शब्द रचना तथा मनोज साङ्सोनको संगित र संगित संयोजन रहेको गितमा भोजपुर जिल्लाका विभिन्न धार्मिक, साँस्कृतिक, पर्यटकिय स्थलहरुको वर्णनसंगै प्रेमिल अभिब्यक्तिहरु समेटिएका छन्।

यस अघि खेवाछालिकै शब्दमा सुरेश राई, मनोज साङ्सोन, तेजिन्द्र गन्धर्वको स्वरमा “भोजपुरे दाजुभाई” बोलको गित आईसकेको थियो। सोही गितको लयमा यो नयाँ गित सार्वजनिक भएको हो।

स्टुडियो किङ्गका लागि सुरेश राईले रेकर्ड गर्नुभएको भोजपुरे चेली गितमा ध्वनी मिश्रण तथा सम्पादन राजु कार्किको रहेको छ भने जस्केलो कृयशनको ग्राफिक तथा डिजाईनिङ्गमा स्टुडियो किङ्गको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: