Tuesday, August 11, 2020
Home > कविता > कविता : आमा र बाउ

कविता : आमा र बाउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नरेश काङ्माङ् राई

नरेश काङ्माङ् राई

तिमी आँफै स्कूल गईरहेको छैनौ
आमाको दु:ख बोकेर गईरहेको छौ
बाउको सपना बोकेर गईरहेको छौ
तिमीसंग गईरहेको हुनेछ आमाको माया
पछ्याईरहेको हुनेछ बाउको बिश्वासहरु


जब तिमी स्कूल पुग्छौ
तिमीसंगै आमाको भरोसा पुग्ने छ
जब तिमी बेन्चमा बस्छौ
तिमीसंगै बस्नेछ बाउको थकान
जब तिमी लेख्न थाल्छौ
तिम्रो कलममा मसी भर्न
पसिनाको थोपाहरु हत्केलामा सजाई रहेको हुनेछ आमा
तिमी पढ्दा भोकको खाजा पकाईरहेको हुनेछ आमा
वा कतै बनी गरिरहेको हुनेछ
तिम्रो स्कूलको ‘फिस’ तिर्न,
पत्रै-पत्र हत्केला छामीरहेको हुनेछ बाउ
वा २० तला माथि खाडीमा सिसाको झ्याल पुछिरहेको हुनेछ
वा कसैलाई बफादारी सलुट हानिरहेको हुने छ


तिमी जे-जे गर्छौ त्यहाँ हुनेछ आमाको काख
बाउको कल्पनामा आँखा अगाडि हुनेछ तिम्रो गोरेटो
दुरीले टाढा होला आमा
तर तिमीसंगै हरदम हुनेछ
तिमी आमासँग नभए पनि
आमासँग छुटे पनि
आमा तिमीसँगै हुनेछ प्रत्येक पल
तिमीसँगै हुनेछ हर समय


तिम्रो भबिस्यको जाडो छेक्न
आमा नांगो हुन्हुन्छहुन्छहुन्छ
तिम्रो भविशस्यको काँध थाप्न
बाउ यान्त्रिक मजदुर बन्छ
तिम्रो हर खुशीमा
आमा पटुकी कसेर भोक मेटाउँछिन्
दौराको फेरोले सुरुवाल टाल्दै
बाउ तिम्रो भविशस्यको खुड्किलो बनाउँछ


सुन
राम्ररी सुन
र बुझ
आमा र बाउ तिम्रो लागि
रोल्स रोयल्स कार हो
तिम्रो लागि अलिशान भवन हो
तिम्रो लागि माया हो
भबिशस्य हो
तिम्रो लागि उचाइको ‘हितिप्पमा हिरिमा’ (सगरमाथा) हो
तिम्रो लागि ‘वासिप्मा वामाखा’ (महासागर) हो


तिमीले यदी बाटो बिरायौ भने
आमाको त्याग हुरुक्कै मर्ने छ
झर्ने छ बाउको सपना छाँगावाट
र पछारिनेछ त्यो आँफै माथि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: