Tuesday, August 11, 2020
Home > प्रबास > कोरियामा सुतेकै अवस्थामा एक नेपालिको मृत्यू

कोरियामा सुतेकै अवस्थामा एक नेपालिको मृत्यू

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दक्षिण कोरिया, २५ असार। कोरियाको आनसान शहर स्थित मोटर पार्ट्स उत्पादन कम्पनिमा कार्यरत एक नेपालीको सोमबार सुतेकै अबस्थामा मृत्यु भएको छ। मोरङ्ग जिल्ला बिराटनगर स्थायी घर भएका ३८ बर्षका ओमप्रकाश माझी सुतेकै अबस्थामा मृत फेला परेको खवर fonijkorea.net मा प्रकाशित भएको छ।

डाईनामिक मोरङ्ग कमिटिका अध्यक्ष विनोद बुढाथोकीका अनुसार उनी कार्यरत कम्पनीमा उनी मात्र नेपाली रहेको र कम्पनिले अन्य देशका कामदार ल्याउने तर नेपाली नल्याउने भनी दिइएको जानकारी पश्चात उनी तनाव रहेका थिए। कम्पनीको होस्टेलमा एक्लै बस्दै आएका उनी पहिलादेखि नै निन्द्रा नलाग्ने र डिप्रेसनको औषधि प्रयोग गरिरहेको बताईएको छ।

सोमबार बेलुका काम सकेर परिवारसँग कुरा गरेर सुतेका माझी मंगलबार बेलुकासम्म पनि कम्पनी र परिवारको सम्पर्कमा नआए पछि कोठामा जाँदा ढोकाको चुकुल लागेकोले उनका साथीहरूले स्थानीय प्रहरीमा खबर गरी प्रहरीको सहायतामा उनी बस्ने होस्टेल(खिसुक्सा)को ढोका खोलेर हेर्दा उनी सुतेकै अबस्थामा मृत भेटिएका थिए।

मृतक माझी पाँच वर्षे कार्यकाल पूरा गरि करिब तीन वर्ष अगाडि पुन: कोरिया प्रबेस गरेका हुन। माझिको परिवारमा बुबा आमा श्रीमती र दुई वर्षका एक छोरा रहेको बताईएको छ। उनको पार्थिव शरिरलाई हाल आन्सान हस्पिटलमा राखिएको छ भने अहिले सम्म उनको मृत्युको कारण एकिन हुन नसकेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: