Tuesday, August 11, 2020
Home > कविता > कविता : घाउ

कविता : घाउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

✍️ शरद सुब्बा..
नागरी फार्म, दार्जिलिङ

घाउ हुनु
दुखिरहनु हो
दुखिरहनु भनेको
जिउँदो हुनुको एउटा प्रमाण हो…


कहाँ दुख्छ र ढुंगालाई
कहाँ पोल्छ र सडकलाई
थकाई नै कहाँ लाग्छ र मशीनलाई


त्यसो र
प्लास्टरै प्लास्टर टाँसेर
उभिरहने यो जिन्दगीलाई
मैले मायाले सुम्सुम्याउने गरेको छु…


घाउहरू निको हुने आशामा होइन
जिउँदो हुनुको आभासको निम्ति
कत्ति भाकल गरेको छु…. ।


घाउहरू छन् र त तिमी छौ मसंग
घाउहरू छन र त जिन्दगी छ मसंग
घाउहरू दुख्छन र त सम्झन्छु तिमीलाई
तिमीलाई सम्झन्छु
र त जिउँदो भएको पाउँछु आफुलाई


घाउहरू छन त के भो र!!!?
बाँच्नलाई
एउटा बहाना त छ
जिउँदो हुनुको, म संग एउटा प्रमाण त छ..

   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: