Tuesday, August 11, 2020
Home > कविता > कविता : बिवशता

कविता : बिवशता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


✍️ सुकराज दियाली
दार्जिलिङ

लडिरहेको विवशताहरुका
लूलो खुट्टाहरु सल्बलाइरहेका छन।
उठेर जान नसकेका आत्मा बोकेर
पोखिरहन्छ विश्वासहरु
धारिलो जीवनको धारहरुमा
रेटिन्दै टुक्रा टुक्रा भएर।
भूइँ टेक्नै नसकेका


खुट्टाहरुमा झुण्डिएको आत्माहरु छन ।
गालामा सुम्सुमाइरहन्छ व्यवस्थाले।
नअघाएको दाम्सिलो पेट बोकेका।
मान्छेको छात्तीमा black sun-को नोटिस जस्तै हल्लीरहन्छ।


हातहरु ले टिप्न नसकेका
मोज लागेका जोशहरु
हेरिबस्छु ! पर-परसम्म।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: