Tuesday, August 11, 2020
Home > स्थानीय समाचार > शिक्षक महासंघ हतुवागढिले कोरोना प्रकोप ब्यबस्थापनका लागी आर्थिक सहयोग जुटायो।

शिक्षक महासंघ हतुवागढिले कोरोना प्रकोप ब्यबस्थापनका लागी आर्थिक सहयोग जुटायो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रविन थापा “बगाले”
हतुवागढी, १ साउन
। नेपाल शिक्षक महासंघ हतुवागढिले कोरोना प्रकोप ब्यबस्थापनका लागि हतुवागढी गाउँपालिकाद्धारा सञ्चालित अभियानमा आर्थिक सहयोग प्रदान गरेको छ।

हतुवागढी गाउँपालिकाभित्र सञ्चालित सामुदायिक बिद्यालयमा कार्यरत शिक्षक, कर्मचारिहरुको दुई दिनको तलव बराबर हुन आउने रकम प्रभु बैंक हतुवागढी शाखामा रहेको गाउँपालिकाको प्रकोप ब्यबस्थापनको खातामा हिजो असार ३१ गतेका दिन ३ लाख ३६ हजार ८३१ रुपैँया जम्मा गरि सो को भौचर गाउँपालिका अध्यक्ष प्रेमकुमार राईलाई हस्तान्तरण गरिएको कुरा महासंघ अध्यक्ष ईश्वरबहादुर खड्काले जानकारी दिनुभएको छ।

हतुवागढी गाउँपालिकाभित्रका ३८ मध्ये ३६ वटा बिद्यालयहरुमा कार्यरत १७४ जना शिक्षकहरुबाट सो सहयोग संकलन गरिएको हो भने बाँकि २ वटा बिद्यालयबाट सहयोग रकम जम्मा हुन बाँकी रहेको बताईएको छ। हतुवागढी गाउँपालिकामा १-८ कक्षासम्म ८ वटामा, १-५ कक्षासम्म १९ वटामा, १-३ कक्षासम्म ६ वटामा, १-१० कक्षासम्म ४ वटामा र ६-१२ कक्षासम्म १ वटा बिद्यालयमा पठनपाठन भईरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: